धरान । धरानमा निर्माण भएको फोहोर प्रसोधन केन्द्रको चर्चा अहिले चुलिदे गएको छ । उपमहानगरपालिकाले केही साझेदारीमा सञ्चालन गरेको केन्द्रले धरानको फोहोर व्यवस्थापनमात्र हैन फोहोरबाट मोहर समेत आर्जन गदै आइरहेको छ । उपमहानगरपालिकाको यो कार्यले संघीय सरकारले हरेक सहरमा उपमहानगरपालिकाको कामको सह्रानीय गर्न पहल गर्ने भएको छ ।
शुक्रबार पूर्वको भ्रमणमा निस्किएका सहरी विकासमन्त्री मेटमणि चौधरी धरान ६ पानबारीमा भएको भेन्जर वेष्ट टु इन्नर्जी प्रा.लि.द्वारा सञ्चालित फोहोर प्रशोधन केन्द्रको निरीक्षण गर्न पुग्नुभयो ।
उपमहानगरमा केही व्यवसायीहरुले फोहोर संकलन गरी ग्याँस र मल उत्पादन गर्ने गरेको सुनेपछि उहाँ त्यहाँ रहेको फोहोर प्रशोधन केन्द्रको विषयमा नबुझी फर्कन सक्नु भएन ।
उहाँले त्यहाँ रहेको सम्पूर्ण उपकरणको अवलोकन गर्नुभयो । अवलोकन गरेपश्चात उहाँ चकित मात्र हुनुभएन धरानले गरेको फोहोरबाट मोहर कमाउने अभियान अब सबै सहरहरुमा गर्ने योजना अगाडि मन्त्रिपरिषद्मा छलफल अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाले ठूला सहरहरुका लागि फोहोर व्यवस्थापन टाउको दुखाइको विषय भएको सुनाउदै धरान उपमहानगरपालिकाले गरेको फोहोर संकलन गरेर मोहोर कमाउनेमात्र हैन वातावरण प्रदुषण रोक्न गरेको प्रयासको अरु ठूला सहरहरुले पनि अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँलाई कम्पनीका अध्यक्ष विनेश श्रेष्ठले कम्पनीले उत्पादन गर्ने र प्रोसेसका विषयमा जानकारी गराउनु भएको थियो । धरानबासीले फालेको फोहोर धरान उपमहानगरपालिकाले संकलन गर्ने र त्यही फोहोर ल्याएर कुहिने र नकुने छुट्याएर सिएनजी ग्याँस र मल बनाउने जानकारी गराउनुभयो ।े कुहिने र नकुहिने फोहोरलाई छानेर ग्याँस र मल उत्पादन गर्ने गरेका र यहाँ उत्पादन भएको ग्याँस अहिले धरानमा चार वटा टेम्पोमा प्रयोग बताउद हामीसँग ३ सय वटा टेम्पोलाई पुग्ने बताउनुभयो । केन्द्रका सञ्चालक समितिका सदस्य विपुलराज पाण्डेले यो प्रशोधन केन्द्रको सम्पूणदिनको २ हजार केजी ग्यास उत्पादन बताउनुभयो । उहाँले अहिल यहाँ उत्पादन भएको एनजी ग्याँस ४ चारवटा टेम्पोलाई गराउदै आएका बताउदै धरान ८ भोटेपुलमा ग्याँस वितरणका लागि हिमालय पेट्रोल छेउमा पम्प राखेका बताउनुभयो । उहाँले प्रशोधन गरेर उन्नत किसिमको मल उत्पादन गरेको बताउनुभयो । उहाले अहिले दैनिक ३ सय केजी मल उत्पादन हुदा समेत अत्याधिक मलको माग भएका कारण पु¥याउनै गाह«ो भएको बताउनुभयो । गुणस्तर चेक गरेर उत्पादन गरेका कारण टेम्पोमा समेत पेट्रोल भन्दा एनजी ग्याँस किफायत भएको टेम्पो चालकले बताएका छन् ।
