धरान । नेपाली काँग्रेस धरान उपमहानगर समिति वडा नं. ३ का सभापति तथा सक्रिय युवा नेता उमेश श्रेष्ठको सक्रियतामा शनिवार भएको वृहत रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।
नेपाली काँग्रेस धरान उपमहानगर समितिले पछिल्लो समय हरेक महिना एक वडा एक रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप नेपाली काँग्रेस ३ नंं वडा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक समेत रहनु भएका वडा नं ३ वडा सभापति उमेश श्रेष्ठले बताउनुभयो ।

‘रक्तदान जीवन दान हो’ भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रममा स्थानीय युवाहरु उत्साहका साथ सहभागी भएका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रमका प्रमुख अतिथिमा सोसाइटीका सुनसरी अध्यक्ष तथा नेपाली काँग्रेस प्रदेश एकका महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, प्रदेश सदस्य अञ्जना राई, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, नगर सचिवद्वय हिमाल श्रेष्ठ, जितेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।
