भारतीय जनताका तर्फबाट नेपाललाई उपलब्ध गराएको विपद् राहत सामाग्री नेपालका लागि ्रभारतीय राजदुत नविन श्रीवास्तवले गत शुक्रबार गृहमन्त्री वालकृष्ण खाँडलाई हस्तान्तरण गर्नुभएको छ ।
गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदुत श्रीवास्तवले ती राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । विपद व्यवस्थापन तथा न्यूनिकरणमा भारतीय जनता, भारत सरकारले नेपाललाई
हरेक बर्ष त्यस्ता राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

हस्तान्तरण गरिएका राहत सामाग्रीमा ३ हजार वटा ठूला साइजका टेन्ट र १० वटा इनÏलेक्टेवल ढुंगा रहेका छन् । सो अवसरमा बोल्दै राजदुत श्रीवास्तवले भन्नुभयो समयमै उपलब्ध गराएको राहत सामाग्रीको नेपालको सम्बन्धित निकायले समयमै वितरण गरी त्यसको सही सदुपयोग गरी अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताउनुभयो । यसैगरी गृहमन्त्री बालकृष्ण खाँडले समयमै राहत सामाग्री उपलब्ध गराइ दिएकोमा गृहमन्त्री खाँडले भारत सरकारलाई धन्यवाद दिँदै नेपाल र भारतबीच रहिआएको विपद् व्यवस्थापन तथा राहत सहकार्यको सह्राना गर्नुभएको थियो । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक वहुक्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामाग्रीको हस्तान्तरणले विपद् व्यवस्थापन तथा न्यूनिकरणका लागि नेपाल सरकारले चालेका प्रयासलाई थप बल प्रदान गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको छ ।
