लागुऔषध सहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


सोमबा बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउदै गरेका फाकफोकथुम–१ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । पक्राउ परेका उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीे जनाएको छ ।

तपाईको प्रतिक्रिया