भारतीय साँस्कृतिक सम्बन्ध परिषदका अध्यक्ष सहस्रबुद्धेको तीनदिने नेपाल भ्रमण

राजधानी । भारतीय साँस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालको तीनदिने भ्रमण गर्नुभएको छ । नेपाल भ्रमणका क्रममा अध्यक्ष डा. सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौड्यालसँग औपचारिक भेट गरी नेपाल र भारत बीचको साँस्कृतिक सम्बन्ध, प्रवद्र्धन एवम् शैक्षिक आदान प्रदान सुदृढ गर्ने विषयमा छलफल गर्नुभएको थियो ।


भ्रमणका क्रममा अध्यक्ष डा. विनय सहस्रबुद्धेले अन्तर्राष्ट्रिय योग दिवस २०२२ को शुरुवाती कार्यक्रमको रुपमा युनेस्को सम्पदा सूचिमा सूचिकृत पशुतिनाथ मन्दिर परिषरमा आयोजित कार्यक्रमको अवलोकन गर्नुभएको थियो । भारत स्वतन्त्रता दिवसको जारी आजादीको अमृत महोत्सव कार्यक्रमको रुपमा पशुपति विकास कोष र पतञ्जली योग पीठसँगको सहकार्यमा भारतीय
राजदूतावास, काठमाण्डौ अन्तर्गतको स्वामी विवेकानन्द सँस्कृति केन्दले उक्त कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा पतञ्जली योगपीठ काठमाण्डौका झण्डै १५० जना योग पारखीहरुको सहभागिता रहेको थियो । आइसिसीआर छात्रवृत्ति अन्तर्गत भारतमा अध्यापन गरेका नेपालीहरु सहित अन्य नेपाली विद्यार्थीहरुे जोड्ने सम्पर्क भारत नेपाल भूतपूर्व विद्यार्र्थी सञ्जालका २ सय भन्दा बढी सदस्यहरुसँग डा. सहस्रबुद्धेले वार्ता गर्नुभएको थियो । उहाँले पूर्व विद्यार्थीहरुलाई सम्बोधन समेत गर्नुभएको थियो । पूर्व विद्यार्थीहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन नेपाली विद्यार्थीहरुले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको प्रष्ट पार्नुभयो । नेपाल र भारतबीचको साँस्कृतिक सम्बन्धमा आइसिसीआरले निर्वाह गनुपर्नै भूमिका, विशेष पहलका बारेमा छलफल गर्न डा. सहस्रबुद्धेले काठमाण्डौ विश्व विद्यालयका उपकुलपति, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का निर्देशन लगायत, शिक्षाविद्, प्राज्ञहरुसँग समेत भेटघाट गरी अन्तरक्रिया गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया