पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्ध देशैभरि प्रदर्शन चर्किदै

धरान । पछिल्लो वर्तमान अपवित्र गठबन्धनको सरकारले पेट्रोलियम पदार्थमा गरेको अचाक्ली मूल्यवृद्धिका विरुद्धमा देशैभरि प्रदर्शन चर्किएको छ ।
सत्तासीन गवठबन्धन दवलसँग आवद्ध विद्यार्थी संघ संगठनहरु मूल्य विरुद्ध मौन बसेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेको भातृ संगठन युवा सघ, अनुरास्ववियुु, महिला संगठन, साममाजिक अभियन्ता, राष्ट्रिय प्रजातन्त्र पार्टी, त्यसका भातृ संघ संगठन, यातायात व्यवसायी, यातायात मजदुरहरुले देशका विभिन्न भगामा आन्दोलन चर्काएका छन् ।


यसभन्दा अगाडिष् जेष्ठ २६ गते पेट्रोलको मूल्यमा भएको बृद्धिको चौतर्फी विरोध हुँदा सरकारले झारा गर्ने किसिमले १० रुपैया घटाएको थियो । तर हप्तादिन नपुग्दै सरकारले एक्कासी २१ रुपैया बृद्धि गरेपछि आन्दोलन चर्किएको हो । सोमबार विराटनगरबाट देशका विभिन्न स्थानका लागि छुट्ने यात्रुवाहक बसका सञ्चाचालक, यातायात मजदुरहरुले विराटनगरको राजवंशी चौकमा चक्काजाम गरेर विरोध प्रदर्शनको शुरुवात गरेका थिए । प्रदर्शनको सबैभन्दा व्यापकता बुटवलमा देखिएको छ । बुटवल वहुमुखी क्याम्पसका विद्यार्थीहरुले सडकमा सरकार विरोधी चर्का नारा लगाउँदै सडकमा टायर बालेर प्रदर्शन गरेपछि सम्पूर्ण यातायात साधनहरु ठप्प भएका थिए । यातायात व्यवसायी महासीघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्य बृद्धि फिर्ता लिन चेतावनी दिएको छ । मूल्य बृद्धि फिर्ता नगरिए देशैभरि आन्दोलन चर्काउनुको विकल्प नभएको उनीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया