काठमाण्डौ । नेपालस्थित भारतीय राजदूतावासले प्रधानमन्त्री शेरबहादुर देउवाको आतिथ्यमा आँठौ योग दिवस हिजो मंगलबार मनाएको छ ।
्सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैको सकारात्मक ऊर्जा दिने भएकोले योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गर्नुभयो । यसैगरी कार्यक्रममा विशिष्ट अथिति सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबैलाई नियमित योग गर्न प्रेरित गर्नुभयो । भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमति नामग्य खम्पाले स्वागत मन्तव्य राख्नु हुँदै यागको प्राचीन परम्परा, दुई देशको साझा सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानव जातिको कल्याणका लागि विस्तार गवर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रम जारी आजादीका महोत्सव अन्तर्गत मध्यैकै एक भएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । जारी विज्ञप्तीमा भनिएको छ कार्यक्रममा भारत सरकारका आयुष मन्त्रालयद्वारा स्विकृत व्याख्यान सहितको साधारण योग विधि प्रस्तुत गरिएको थियो । योगमा रुचि भएका करिब ६ सय जनाले योग सत्रमा सहयभागिता जनाएका थिए । भारत सरकारको न्गबममष्बल च्ष्लन(इलभ क्गल इलभ भ्बचतज को हिस्सा अनुरुप सुदर्शन मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।
योग दिवसको पूर्व सन्ध्यामा दुतावासले काठमाण्डौ विश्वविद्यालयको स्कूल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना समेत गरेको थियो । भारतीय राजदूतावास, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका योग गुरुहरुले महिला र बालबालिकाको लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचिकृत काठमाण्डौको बौद्धनाथ स्तुपामा आयोजना गरेको हो । सन् २००४ मा संयुक्त राष्ट्र संघको महासभामा १७७ औ सदस्य राष्ट्रले भारतले राखेको प्रस्तावमा समर्थन गरेपछि सन् २०१५ यता हरेक बर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन थालिएको छ ।
