सुनसरी उद्योग वाणिज्य संघमा नेतृत्वको आकांक्षी बढ्दै

धरान । सुनसरी उद्योग वाणिज्य संघको आषाढ २०गते हुने निर्वाचनको घोषणासँगै अध्यक्ष लगायत वस्तुगत संघहरुबाट सदस्यमा उमेद्वारी घोषणा गर्नेहरु बढेका छन् । संघको निर्वाचनमा अध्यक्ष लगायतका आकांक्षीहरुको यतिबेला राम्रै दौडधूप बढेको छ । उद्योगी व्यवसायीहरुको साझा संस्था संघको निर्वाचनमा यसपटक वर्तमान वरिष्ठ उपाध्यक्ष शिवराज श्रेष्ठले उमेद्वारी घोषणा गरेपछि सुनसरीका अधिकांश व्यवसायीहरु उत्साहित देखिएका छन् ।


यद्यपि संघको निर्वाचनमा पूर्व अध्यक्ष पवन अग्रवाल, उपेन्द्र चाम्लिङ, श्याम सोनी, वर्तमान बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठको समेत उमेद्वारीको चर्चा चलेको छ । संघका पूर्व अधयक्ष पवन अग्रवालसँग अध्यक्षको उमेद्वारीका सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो, संघका बरिष्ठ उपाध्यक्ष शिवराज श्रेष्ठले उमेद्वारी घोषणा गरेपछि आफूले उमेद्वारी दिने कि नदिने अन्यौलमा परेको छु । उहाँले भन्नुभयो भिजन नभएका कामै गर्न नसक्नेहरुलाई अध्यक्ष बनाएर कुर्सीमा बसाउने भन्दा पनि संघले व्यवसायीहरुको वृहतर हित गर्न सक्ने नेतृत्व आओस् भन्ने हो । उता उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डागा भन्नुहुन्छ अहिल्यै कसैका बारेमा बोलिहाल्नु भन्दा पनि पवन अग्रवालले उमेद्वारी दिनुहोला भन्ने मलाई लाग्दैन । उहाँ भन्नुहुन्छ पूर्व अध्यक्ष, निवर्तमान बरिष्ठ उपाध्यक्षहरुले बारम्बार अध्यक्षको आकांक्षी बन्नु हुँदैन । यसो भएमा नयाँ अनुहार नेतृत्वमा कहिले आउने ? पूर्व अध्यक्ष डाँगाको प्रश्न थियो ।

तपाईको प्रतिक्रिया