राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध प्रदर्शन

धरान । पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको अचाक्ली मूल्य बृद्धिका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले धरानमा विरोध प्रदर्शन गरेको छ ।


धरानको छातछौकबाट शुरु भएको विरोध प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन सय भन्दा बढी स्थानीय नेता तथा कार्यर्काहरुले सरकारका विरुद्ध नाराबाजी गर्दै धरान बजार परिक्रमा गरेका थिए । उनीहरुले वर्तमान पाँच दलीय सरकार मुर्दावाद , खाद्यान्न तथा पेट्रोलियम पदार्थमा गरिएको अस्वभाविक मूल्य बृद्धि फिर्ता गर, जनता विरोधी सरकार मुर्दाबाद जस्ता नारा लगाएका थिए । नगर परिक्रममा पश्चात जुलस भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया