कटारी । उदयपुरको कटारी नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आगामी पाँच बर्षसम्म नगरपालिकबाट प्राप्त हुने कुनै पनि सेवासुविधा नलिने घोषणा गर्नुभएको छ ।

केही वडामा मत गणनाको विषयमा भएको विवादका कारण देशका अन्य स्थानीय निकायको भन्दा ढिलो नतिजा आएको कटारी नगरपालिकाका प्रमुख श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वीभन्दा अधिक मतले विजयी भएपछि जेष्ठ १६ गते सोमबार पदभार ग्रहण गर्नुभएको थियो ।पदभारसँगैको पहिलो निर्णयमा श्रेष्ठले आफूलाई नगरपालिकाबाट आउने तलब भत्ता वापतको रकमले कोष खडा गरी विपन्न नगरबासीका स्वास्थ्य र शिक्षामा खर्च गर्ने र उक्त कोषको पारदर्शिताका लागि छुट्टै तीन सदस्यीय सञ्चालक समिति बनाउने बताउनु भएको छ ।
