२५ तेक्वाण्डो खेलाडीको ग्रेड वृद्धि

विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका २५ जना तेक्वाण्डोे खेलाडीहरूको ग्रेड वृद्धि भएको छ । विराटनगर ( १९ युमि बोर्डिङ स्कुलमा आइतबार एक कार्यक्रम आयोजना गरि खेलाडीहरूको ग्रेड वृद्धि गरेको हो ।
तेक्वाण्डो खेलका कलर बेल्ड खेलाडीहरुको ग्रेडिङ्ग वृद्धि भएपछि उनीहरूलाई बेल्ड र प्रमाणपत्र बितरण गरिएको नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको केन्द्रीय अध्यक्ष तथा आइटिएफ तेक्वाण्डो प्रदेश नं. १ का अध्यक्ष प्रविण कुमार कार्कीले जानकारी दिए । ग्रेड वृद्धि भएका विद्यार्थीहरूलाई निलो र रातो बेल्ड प्रदान गरिएको थियो । ग्रेड वृद्धि गरिएका खेलाडीहरूलाई प्रमाणपत्र अध्यक्ष कार्की, कार्यक्रम संयोजक सन्तोष कुमार श्रेष्ठले प्रदान गरेका थिए । सोही अवसरमा विराटनगर महानगरपालिमा नवर्विाचित भएका वडाअध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो ।


विराटनगर १ का वडाअध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का बासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ८ का राम पोखरेल, ११ का तिर्थेन्द्र न्यौपाने र १९ का वडाअध्यक्ष श्याम घिमिरेलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुने वडाअध्यक्षहरूलाई नेपाल खेलकुद महासंघको अध्यक्ष पर्शुराम बस्नेलले कदर पत्र बितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै बस्नेतलले खेलकुद क्षेत्रको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको अध्यक्ष प्रविण कुमार कार्कीले राज्यले खेलकुद क्षेत्रमा प्रथामिकता राख्न नसक्दा खेलकुद क्षेत्र पछाडी परेको गुनासो गर्नुभयो । नवनिर्वाचित जनप्रतिनिधीहरूले खेलकुद क्षेत्रलाई प्राथामिकता राखेर काम गर्न आग्रह गर्नुभयोे । तीन तहको सरकारले खेलकुद क्षेत्रलाई प्राथामिकता राखेमात्र यस क्षेत्रको विकास हुने उहाँको भनाई थियो । सोही अवसरमा तेक्वाण्डोका खेलाडीहरूले आफ्नो कला पनि प्रर्दशन गरेका थिए ।

तपाईको प्रतिक्रिया