घण्टाघरबाट हेर्दा

¥याल चुहाए नि सत्ता छोडिन्न
हम्रा पर्धानमन्तरी श्यालबहादुरले बुद्ध जयन्तिका दिन साह«ै ¥याल चुहाए । तयो नि यस्ता उस्ता ठाममा हो र ? जन्मेकै ठाममा पुगेर चुहाइदिए । एकातिर भारतीय प्रधानमन्तरी बडो ध्यानपूर्वक प्रार्थना गरिरहँदा हाम्रा पर्धानमन्तरीचाहिँ घरी राजकानीमा हात पु¥याउँछन्, घरी टोपी खोलेर बाँदरले झँँै ख्वार्र ख्वार्र कन्याउछन् , घभरी खुट्टा पसार्छन्, घरी घुँडा दोब्याउछन्, घरी माथि हेर्छन, घरी दायाँ हेर्छन, घरी बायाँ हेर्छन, घरी मास्तिर फर्किएर हाइ काड्छन्, घरी उँग्छन र ¥याल चुहाउछने । फेरि चुहेको ¥याल हातले पुच्छन् अनि पल्याकपुलुक हेर्छन् । नेपाली जन्ताले धन्नका पर्धानमन्तरी भेट्टाएका छन् । जतिसुकै ¥याल चुहाएपछि पर्धानमन्तरी हुन तिन्कै खप्पराँ लेख्या छ । फेरि त्यो उल्लु ज्योतिषीले अलि अलि चम्क्याइदिया छैन । सात सात पटक पर्धानमन्तरी हुन्छस् भनेर जुरुक्कै उचालिदिया
छ । पर्धानमन्तरी हुनैका लागि जात धर्म नभएकाहरसँग लगनगाँठो गर्दै आ’नि छन् । जेहोस् ¥यालै चुहाएर भए नि तिन्ले पर्धानमन्तरीचाहिँ नछोड्ने भए ।
हर्कले थर्काए


धरानका हर्क साम्पाङले अपाmूलाई तीसमार खाँ भन्ने राजनीतिक पार्टीलाई थर्कमान नै बनाइदिए । धेरै हेला नगर्नु राँडीका दिन पनि फर्कन्छन् भन्थे हो रै’छ कोशीबाट पानी ल्याएर धरानका जनालाई खुवाउन भन्दा विचरा साम्पाङलाई उल्लीविल्ली नै बनाथे । साम्पाङ पनि थेत्तरै रै’छन् । हात्ती चले बजार कुत्ता भुके हजार भनेझै जतिसुकै उल्लीविल्ली बनँएपनि बाल मतलब दिएनन् । एक्लै दगुरी रहे एक्लै भाषन ठोकीरहे एक्लै बर्बराइरहे जन्ता पन िबाठा भएछन् मासुभात, दारुपानी एउटाको डकारे भोटचाहिँ ख्वाप्प ख्वाप्प लौरामा बजाएछन् । स्थानीय चुनावमा धरानमा लौरी वाहवाही भयो । जता गयो लौरो । जन्ता जागेपछि तीसमार खाँहरु सलात्सलुत गुमनाम । कसैले मदन भण्डारी, मनमोहनका नाम भँजएका थिए, कसैले बीपी, गणेशमानका नाम जपेका थिए । तर ती नामले यसपटक केही खालो सारेन । बेतको लौरो साम्पाङले घुमाउन थालेपछि तिनका पछ्यारामा सम्लैसाम्ला भए । अझ बा’को छोरी भएर विरासत धान्न आएकीकुनै मुलासँग नझुक्ने मया लौरोको रनाहा खप्न नसकेर ओथारो पो बस्न पुगिन रे ।
फेरि अपमान भयो माकुनेको
हैन हौ यो माकुनेको फेरि अपमान भयो रे त ? अस्ति अस्ति गठबन्धनभित्रैबाट अपमन भयो भन्दै चित्तादुखाएका मकुनेलार्य यतिबेला जनताले अपमन गरे रे ।विचारलाई कसैले मनिदिँदैनन् । समस्यायही छ । न गठबधनका नेताहरुले मानिदि न्छन् न जनताले मानिदिन्छन् । क्या फसाद † आप्mनै जिल्ला रौतहटको आफनै गाउँमा पुग्दा समेत विचाराको घोर अपमन भयो । स्थानीयले कानै टट्काउने गरी नारा जुलुस गरेछन् । हत्तु हैरान भएर विचारा त्यहाँबाट उम्किएर कले ठोकेछन् बुद्धि पु¥याएछन् । आmै कुले नठोकेका भए जनताले नै ठोक्ने थिए । काँग्रेसको बुई चढेर स्थानीय निकायमा राम्रै परिनाम ल्याउँछ भनेर मख्ख प¥या थिए । जन्ताले बर्दने कु देखाइदिएछन् । जनताततै अपमान सहँदा विचरालाई कति गाह«ो भएको होला ? हैट माकुनेको जस्तो अपमान त सत्रुको पनि नहोस् ।
कहिले सासूको पालो कहिले…
हाम्रा गामघरतिर त्यसै भन्या होइन, कहिले सासूको पालो कहिले बुहारीको पालो । गामघरे उखान यतिबेला हिमाल सुवेदीको जीवनमा ठ्याक्कै मिल्या छ । असितका दिन सुवेदीलाई इटहरीमा रामधुलाई गरेछन् । स्याप्प परेका खवटे गाला रम धुलाईपश्चात हनुमान झै प्वाक्क फुलाइदिएछन् । सशस्त्र द्वन्द्वका बेला तिनले कतिलाई राम धुलाई, हनुमाने फुलाई ग¥या थे । अहिले सुवेदीलाई नै परेछ त्यसै जैसा करनी वैसा भरनी भन्या त होइन नि यतिबेला तिनले अफूले गरेको वीरताको गाथा झल्झली सम्झेका होलान । माउवादी छोडेर झलेमाले प्रवेश ग¥या थे । ठूलै भाग खान आ’थे विचराको हरिविजोगै भयो । हुन त राजनीति गर्नेहरुले कहिले जजुत्ताको माला लगाउँछन् त कहिले फूलको माला पहिरिन्छन, कि कसो हौ ?
जनताको मन जितेको हैन रे
आफ्नै वडामा चिलिमच्वाँट भा’का माकुने पार्टीको फाइफुइ मन्तरी रामुकमारी झाक्री बेलाबखत चर्चामा आइरहन्छिन् । तित्राको थुतुनो झै थुतुनो चलाउने क्राक्रीले अस्तिका दिन भन्या काठमाण्डौमा बालेन्द्र साहले जनताको मन जितेर त्यत्रो मत ल्याएकै होइनन् रे । जनताको मन नजित्या भए त्यत्रो भोेट साहलाई हावाबाट आ’हो कि क्या हो ? वनझाक्री पनि वन झाक्री नै हुन् । वालेन्दले जनताको मन जितेरै तयतिविधि भोट ल्याएको हो भन्न पनि किन तिन्लाई धुरी कुरीलाग्य होला ? जनतले नपत्न्याए त्यसै भोट त आउँदैन । आm्नै घरमा आगो लगाइ माकुनेको मलद्वारलाई हरिद्वार देखेर पछि लागि निगाहमा मन्तरी पड्काएकी विचराी वनझक्रीले देैभरि तिन्न्का पार्टीका मान्छेले कति ठाममा जिते ? आफ्नो आङको भैसी नदेख्ने अनि अरुका आङमा जुम्रालाई पनि भैसी देख्ने माकुनेले धन्न वनक्रक्री जस्तालाई डोहो¥याएर हिँड्या रै’छन् ।
विचरी भण्डार्नी बज्यै…
म कुनै मुलासँग झुक्दिन कुनै मुलालाई पत्याउदिन भनेर निर्वाचन अगाडि गर्जन गर्ने धरान उपमहानगर पालिकाकी पूर्व उपप्रमुख भण्डार्नी बज्यैलाई मुलाहरुले राम्रै चकड्कन हानेछन् । पोर्थी ज्यादा बासे अपकुन हुन्छ भन्थे बूढापाकाहरु हो रै’छ । विचरीले यति नमिठासँग मुलाहरुको घुएँत्रो सहनु पर्ला भन्ने कल्पनै ग¥या थिइनन् । हुन त नगरपालिकामा पाँच बर्ष राम्रै डकारेर बसेकै हुन् । अब पो विजोग हुने भयो । निर्वाचनमा पराजित भएसी विचरी घरबाटै निस्केकी छैनन् रे । निस्कन कुरापनि आएन । विचरीलाई मुलाहरुले साइड खेलेर माने जिस्क्याएर हैरान पारिहाल्छन् । बरु घरैमा थच्चियो रिडोपिरो नै साफ । बरु घरैमा ओथारो बस्दा फाइदा लौरोको अगाडि विचरीको केही गरी चलेन । हुन त लौरोले तिन्लाई मात्र सुम्ल्याएको होइन, अरुलाई पनि सुम्ल्याएकै हो बज्यैलाई चाहिँ अरुको भन्दा बढी नै डाम बसेछ । अब के गर्छौ त बज्यै यस्तै हो पिर नमान ?
अब छाउराहरु सल्बलाउ“छन्
अब केही दिन राजनैतिक दलका झोले छाउराहरुले गतिलै खेति गर्ने निश्चित छ । माने राजनैतिक दलका उमेद्वार बनेकाहरु धेरै ठाममा गुल्टिएका छन् । गुल्टिनुको कारण आफ्नैले अन्तरघात ग¥यो भन्ने एकल निचोड निस्कन्छ । चुनाव अघि र चुनाव पछि यसो मुख बटारेर हिड्ने, अन्य राजनैतिक दलसँग सँगै उठबस गर्नेहरुमाथि अन्तरघातीको आरोप लाग्ने निश्चित छ । बषौदेखि एकलौटी खाइपिई गर्र्दै आएकाहरुको एकाएकभाग खोसिएपछि मन त्यसै कटक्क दुखनु स्वभाविक हो । अब केही समय उनीहको माम भन्या अन्तरघातीको आरोप लागेकाहरुको खोजी गर्नु, तिनमाथि मुक्का बर्साउनु, करङका हड्डी गन्नु नै हुने पक्का छ । त्सैले अन्तरघातीहरु अहिल्यैदेखि शतर्क भए वेश । दलका छाउराहरु सल्वलाई सक्या छन् ।
एक कौडीमा नि नकिन्ने रे
ठ्याक्कै बाउरामकी जोइको काटीकुटी अनुहार परेका, झालेमालेका मुखाले नेता सूर्य थापाले अस्तिका दिन भन्या माकुने भन्ने मनुवालार्य झालेमाले एक कौडीमा पनि खरिद गरेर घरभित्र हुल्दैन रे । स्वर्गको टिकट काटेर नर्कको यात्रा गर्ने मनुवा हुन रे माकुने । कुुरा त सुर्याउने खप्रओले भनेझै एक क्विन्टलकै ग¥या हुन । स्र्गको टिकट कोर मात्र हुन्न नि । यात्राचाहिँ नर्कतिरको गरेपछि वातै खलास भैहाल्यो नि । हुन त माकुनेको बुद्धिचाहिँ स्वगएको टिकट काटेर नर्कको यात्रा गर्ने जस्तै छ । अहिलेको गठबन्धनको सरकार भन्या रंगीन दुनिया जस्तै हो । आउने चुनावपछि कहाँ जुठे कहाँ जुठेकी आमा जस्तै हुने हो । सबैभनदा सकसमा त माकुने नै पर्लान् जस्तो छ । आफ्नो क्षेत्रतिर जाम नाराबाजी गरेर लघार्ने, फेरि फर्केर झालेमालेतिरै जाम भने एक कोडीमा पनि नभित्र्याउने जवाफ आइसक्या छ । चिारालाई ठूलै फसाद पर्ला जस्तो छ ।

तपाईको प्रतिक्रिया