धर्मश्रीमा व्यापक धाँधली

धरान । नेपाल व्यायाम मन्दिर काठमाण्डौको आयोजनामा शनिवार सम्पन्न १६ औं धर्मश्री प्रतियोगितामा धरानका खेलाडीमाथि आयोजकको तर्फबाट पूर्वाग्रही ढंगले पाँखा लगाउने काम भएको छ ।
प्रतियोगितामा आफ्ना निकटका खेलाडीलाई विजयी गराउन अयोजक नेपाल व्यायाम मन्दिरले निर्णायकको निर्णय नै परिवर्तन गर्ने र धरानका खेलाडीप्रति अपहेलित व्यवहार गरेको सहभागी धरानका खेलाडी अवतार श्रेष्ठले बताउनुभयो ।


आइतबार उनीहरुले एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले आफना खेलाडीलाई विजयी गराउन आफूहरुलाई अपहेलित समेत गरिएको खेलाडी अनुज मास्केले बताउनुभयो । अन्याय भएपछि आफूहरु मुख खोल्न बाध्य भएको उनीहरुले बताए । काठमाण्डौमा आयोजकबाट अपहेलित भएका छौं खेलाडी सागर विको कथन थियो । पत्रकार सम्मेलनमा खेलाडी गोपाल लिम्बु, अवतार श्रेष्ठ, विशुराम केसी, अनुज मास्के, सनम मुलगुडी, पूजा श्रेष्ठ, विनिता राईले आयोजकप्रति आक्रोस व्यक्त गनुभएको थियो । खेलाडी अवतार श्रेष्ठले काठमाण्डौबाटै धरान साप्ताहिकलाई फोनमार्फत दिनुभएको जानकारी अनुसार पहिलो कुरा त जर्जमेन्ट नै फेयर भएन । म धरानबाट सहभागी हुन आएको थिएँ । हामी टप थ्रिमा आउनुपर्नेमा शुरुमै निकालियो । ५–६ महिनादेखि मेहनत गरेर, नुन पानी खाएर एउटा ठाउँमा पुगिएला भनेर मेहनत गरिएको हुन्छ । हामो क्याटेगोरिजमा ५३ जना थिए तर धरानलाई पूर्वाग्रह राखेर शुरुमै आउट गरियो । टप फिटिङ्गमै नलगी आउट गरियो । कसले गोल हान्छ भने जस्तो बडी विल्डिङ्ग फुटबल त होइन । बडिविल्डिङ कसले जित्छ भन्ने कुरा त दर्शकले हेर्दा पनि थाहा हुन्छ, अनुमान गर्न सक्छन् । यसमा जर्ज हुनुपर्र्दैन । उहाँले थप्नुभयो उपाधिका दावेदारलाई पूर्वाग्रही ढंगले बाहिर राखेर आफू अनुकूललाई च्याम्पियन बनाए ।

तपाईको प्रतिक्रिया