घण्टाघरबाट हेर्दा

असारमा खुट्टा भाचिएको गोरु
मानो खाएर मुरी उब्जाउने समय अअसारमा खुट्टा भाँचिएको गोरु र निर्वाचनमा गठबन्धन गर्ने राजनैतिक दलहरु उस्तै हुन् । असारमा खुट्टा भाँचिएको गोरुले न काम गर्न सक्छ न निर्वाचनमा गठबन्धन गर्ने दलहरुले कही लछारपाटो लगाउँछन् । खिएर, लुते भएका, गाउँघरतिर एक्लै हिँड्न नसक्ने हविगत पुगेपछि दलहरुले चुनावी गठबन्धन गर्ने हुन् । जसरी हुन्छ वाल्वाटार र सिंहदरबार आउजाउ भइरहोस् बाँकी सब जाउन भाँडमा भन्नेहरुले नै गठबन्धन गर्ने हुन् । गठबन्धनका दलहरु सबैका एक एक वटा खुट्टा भाँचिएका छन् । सग्ला भए त ती एक्लै ठमठमी हिडेर चुनाउमा गैहाल्थे नि । लंगडो भएपछि एक अर्काको सहारा चाहिने त हो । नेपाली कँग्रेसे खुट्टो मर्के पनि भाँचिएको बहाना बनाएर ठनक्क खुट्टा भाचिएका चार पार्टीसँग गठबन्धन गर्न पुग्या हो । मियो गतिलो भए पो दाइँ राम्रो हुन्छ । मियो नै गतिलो नभएपछि आफ्नालाइ दुरदुर गरेर पराइसँग डिनर र लञ्च हसर्न थालेसी बातै खलाँस भैहाल्यो नि ।


कहिलेसम्म बोक्ने रे
कहिलेकाँही त हाम्रा मिनेन्द रिजाल दाई पनि कस्तो बुझपचेको गफ गर्छन हौ गाँठे । त्यति साह«ै अबुझ त हुनुुहुँदैन है । काँग्रसले कम्युनिस्टलाई कहिले सम्म बोक्ने रे । यति जाबो कुरा पनि थाहा नभएको जस्तो किन ग¥या होला ? काँग्रेसले कम्युनिस्टलाई बोक्नुको मुख्य कारण त्यो फटाहा त्योतिषी नै हुन् । ज्योतिषीले वाल्वाटारे स्यालबहादुरलाई सात खेप पर्धानमन्तरी हुन्छस् भन्या छ । सात खेप पर्धानमन्तरी हुन तिनले आफ्नालाई जोर लात्ती बजाएर कम्युनस्ट बोक्नै प¥यो । बरु मिनेन्द्र दाई कुनै न कुनै आइडिया निकालुम न । सर्प पनि मर्ने लठ्ठी पनि नभाचिने । आजकल अदालतमा त पीडितहरुले धमाधम पैसो पाएसी बयान फेर्छन् । जाबो ज्योतिषी कुन खेतको मुली हो र ? अब त्यो सात खेप पर्धानमन्तरी हुन्छस् भन्ने ज्योतिषीलाई अँठ्याएर कि गोर्खे लौरी कसेर बयान फेर्न लगाउँ कि त यसो सिलोसांग्लो जम्मा गरेर दक्षिण दिएर बयान फेर्न लगाउँ । मिस्टेकले सात पटक भन्द्या हुँ पाँच पटकमात्र पर्धानमन्तरी हने गोत्र छ भनेर ज्येतिषीले भने त वातै खलास । त्यसपछि त स्यालबहादुर कहिल्यै कम्युनिस्ट बोकेर हिँड्दैनन् । कि कसो हौ ?
आर्थिक क्रान्ति गर्छ रे
काठमाण्डौको खाल्डो छोडेर कहिल्यै बाखिर ननिस्केका गणेशमान सिंहका पुत्र भेडे सिहले अस्तिका दिन साह«ै गज्जबको भाषन हान्दिए । तिन्ले भन्या अब नेपाली काँगसले आर्थिक अभियानको क्रान्ति अगाडि बढाउँछ रे । एक मनले घण्टाघरलाई कुरो ठीकै लाया े। अर्को मनले ज्यान गए पत्याउन सकेन । कसरी पत्याउनु ? तिन्ले आफ्नो आर्थिक क्रान्ति त काँग्रेसको १४ औं महाधिवेशनमा देखाइ सक्या छन् । पहिला गणेशमानको परिवारले मात्र योगदान गर्नुपर्ने भनेर चुनावमा उठे, नेतृत्व परिवर्तनका नारा दिए पछि त वाल्वाटारे मुखियाको पछि पछि अपानायु सुँघ्दै हिँड्न थाले । त्यबेला दह«ै आर्थिक क्रान्ति गरे । अहिले फेरि आफ्नी श्रीमतिलाई काठमाण्डौ महानगरपालिकाको प्रमुखमा उठाएर अर्को आर्थिक क्रान्ति ग¥या छन् । मौका पाउनासाथ भेडेसिंह आर्थिक क्रान्ति गरिहाल्छन् । क्या वात आखिरी भेडेसिंह न परे ।
थोत्रा टालाटुलीको पुतली
निर्वाचनले यतिबेला सबैलाई थपक्कै छोपेको छ । लुर नहुने कसैले नपत्याइदिएका अनुहार, अनुहार देख्यो कि त्यसै त्यसै शरीर रनक्क रन्किएर आउला जस्तो हुनेहरुले अर्काको बुई चढेर कुर्लिएको देख्दा चुनावमाा हाप्सीले कराएको भान हुन थाल्या छ । त्यसमेध्यको एकजना परे पुतली बगैचो जुँगा भएका माकुने । अस्तिका दिन तिनले भन्या गठबन्धन गरेर एमाले डराएको छ । एमालेका खप्रओ पनि के कम बोल्ने मामलामा तिन्लाई जित्ने मनुवा आजसम्म कोही जन्मिएकै छैन । थोत्रा टालाटुलीको पुतलीसँग एमाले डराउने ? पाँच दललाई एमाले भन्यो कि रातभरि निन्द्रा लाग्दैन । सपनामा पनि झसंग झसंग हुन्छन् । ऐठन भएर रातभरि सुत्न सक्दैनन् । खप्रओको जवाफ सुनेसी विचरा माकुने लापत्ता भएका छन् । मान्छेले आफ्नो औकात हेरेर बोल्नु नि । घाँटी भन्दा ठूलो हाड निल्न खोज्दा वित्याँस पर्छ भन्ने कुरा माकुनेलाई चेत भयो कि भएन ?
ठामको ठाम कार्वाही हुन्छ रे
वाल्वाटोरे मुखिायको ढोके घरेलु मन्तरी भुत्लाकृष्ण खाँडले भन्या गठबन्धनको निर्णय विपरीत कुनै काँग्रेस गएमा त्यस्तालाई ठामको ठाम कार्वाही हुन्छ रे । हैन हौ ती भुत्ला कृष्ण खाँड (बालकृष्ण खाँड) ले के भन्या होला ? तिनलाई र तिनका ख्वामीलाई सत्तामा बिठ्याउनका लागि काँग्रेस कार्यकर्ताले हँसिया, हतौडा, कलम, छातामा मतदान गर्दिनुपर्ने रे । काँग्रेसका कार्जैकर्ता तिनका हली, गोठाला, हुक्के, ढोके त हैनन् । ल्याकत भए तिनकै ख्वामीको गृहजिल्ला डँडेलधुरामा गठन्धन नहुने भा’छन्, सबै विद्रोह गर्ने पक्षेमा गा’छन् । अब तिन्ले कस्लाई कार्वाही गर्लान् ? धेरै बुरुक बुरुक उफ्रिएर भुत्ला कृष्ण नहिडेकै जाति । संसदको निर्वाचन आउन धेरै बाँकी छैन चेतना भया ।
किन दिने राजीनामा
ब्लाकमनीलई ह्वाइट मनी बनाउने धन्दोमा लागेका अरथमन्तरी जनार्जन शर्मालाई यतिबेला नैतिकताका आधारमा राजीनामा गर्न चौतर्फी दबाब प¥या छ । सत्ता भन्या घाछायाँ हो । आज छ भोलि चिलिम । सत्तामा बस्दा आफ्ना सात पुस्तासम्मका लागि जोहो गर्न सकिएन भने सत्तामा बस्नुको अर्थै भएन । बाहिरबाट ल्याइएको ब्लाकमनीलाइ ह्वाइट मनी बनाउन शर्माले राष्ट्रबैंकका गर्भनरलाई बारम्बार निर्देशन दिए । तर उनले फिटिक्कै मानेनन् । मर्ता क्या नही करता । गभर्नरलाई शर्माले जरैदेखि उखेलेर मिल्काइ दिएछन् । तर अदालतले फेरि राष्ट्र बैंकतिर फर्काइदिएछन् । बस वात यति नै हो । अब यो तिलजस्तो कुरालाई पहाड बनाउनेहरु सल्बलाउने नै भए । अब अर्थमन्तरीले नैतिकताका अधारमा राजीनामा गर्नुपर्छ भनेर मच्चिन थाले । ती मच्चिनेहरुले बुझ्नुपर्ने हो विचरा अरथमन्तरीको नैकिता नै छैन । नैतिकतै नभएकालाई नैतिकताको आधारमा राजीनमा दे भन्न मिलेन नि । कि कसो हौ ?
अपमान भयो रे
हिजोआज माकुनेको जताततै अपमानै अपमान हुन थाल्या छ । विचरा अपमानको घुट्को पिएर आफ्नो दिन गुजारी रहेका छन् । केन्द्रीय तहमा त वाल्वाटारे मुखियालाई त ललाई, फकाई, धम्क्याई गेर भागबण्डा पाए । तर जिल्लातहमा कसैले वास्ता नगरेपछि तिनले आफनो घोर अपमान भएको महसुस मात्र गरेका छैनन् बोल्न थालेका छन् । अपमान पनि विचराको औधी भयो । जिल्लातिरका स्थानीय निकायमा गठबन्धनको मिटिङमै तिन्का मान्छे बोलाउन छाड्या छन् । भाग दिने कुरा त परको भयो । हुन त जिल्लातिर माकुनको मान्छे नै छैनन् । मान्छे नै नभएपछि गठबन्धनले कस्लाई बोलाउने ? धन्न केन्द्रमा भएको गठबन्धनले केही ठाममा भाग पाएका छन् । तर निर्वाचन जित्ने त उही हो । हात लागी शून्य । चुनावपछि माकुनेले झनै ठूलो अपमान भएको महसुस गर्नेछन् ।
अन्तेमा
बाल्वाटारे मुखियाले नेपाली काँग्रेसलाई छिन्नभिन्न बनाइदिए । काँग्रेसलाई आजसम्म कसैले छिन्नभिन्न बनाउन सक्या थिएनन् । यस मालामा मुखिया बालाई साधुवाद त दिनैपर्छ । अरिंगालको गालो जस्तो काँग्रेको मर्ममा गठबन्धनको नाममा प्रहार गरेपछि सबैतिर काँग्रेसका कार्यकर्ताहरु त्राहीमाम त्राहीमाम भन्दै गोलो छोडेर लाखापाखा लाग्न थाल्या छन् । मुखिया वाचाहिँ रमिता हेरेर बाल्वाटारमा गन्धेपुरीहरुसँग कचकरी गरेर बस्या छन् । घरका सदस्यहरुले धमाधम घर छोडेर हिँड्न थाल्या छन् । परिवारका सदस्यले एकपछि अर्को गदै घर छोडेर हिँड्नु त शुभसंकेत होइन । गोडाचारेक धमिराले मुखियाबालाई हुलेपछि नै काँग्रेस मक्किैदै गएको हो ।

तपाईको प्रतिक्रिया