धरान । आसन्न स्थानीय निर्वाचनमा केन्द्रीय स्तरमा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार धरान उपमहानगर पलिकाको मेयर नेपाली काँग्रेसको भागमा परेपछि सांगठनिक कुशलता भएका, सबै राजनैतिक दलहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने काँग्रेसका युवा नेता किशोरकुमार राईको मेयरमा उमेद्वारी पक्का देखिएको छ । सत्ता गठबन्धन दलहरुबीचको सहमति अनुसार मुलुकमा ६ महानगरपालिका र ११ वटा उपमहानगर पालिकाको प्रमुख र उपप्रमुख परेको टुंगंो केन्द्रबाटै लगाउने नीति तय भएको थियो । वडाध्यक्ष र सदस्यहरुको टुंगो स्थानीय गठबन्धनले गर्ने गरेका छन् ।
धरानका २० वटै वडाबाट किशोर राईलाई धरान उपमहानगर पालिकाको प्रमुखमा प्रत्यासी बनाउन सिफारिस भएको छ । वडाहरुबाट सिफारिस भएका नामहरुमा पहिलो किशोर राई, उमेश थापा, सुजेन्द्र तामाङको नाम रहेको छ । नेपाली काँग्रेसका एक वडाध्यक्षले भने काँग्रेसमा आयाराम गयाराम प्रवृत्तिका कसैले केन्द्रमा किशोर राईप्रति नकारात्मक सन्देश पु¥याएर आफू मेयरको प्रत्यासी बन्ने सोचमा रहेको समेत बुझियो । उनले भने त्यस्तो चरित्रले काँग्रेसलाई दीर्घकालीन असर पु¥याउँछ । नेपाली काँग्रेसका केन्द्रीय एक सदस्यले समेत उक्त कुराको पुष्टि गरे । उनले भने संगठनमा कुनै योगदान नपु¥याएका, आफ्ना केही आसेपासेहरु च्यापेर हिड्ने, पदकै लागि समूह परिवर्तन गर्नेबाट नेपाली काँग्रेसका केन्द्रीय सभापतिसम्ममा नकरात्मक सन्देश पु¥याएको पाइयो । हाल केन्द्रीय नेतृत्व क्लियर भएपछि धरान उपमहनगर पालिकाको मेयरमा किशोर राईको उमेद्वारी करिब करिब पक्का जस्तै भएको छ । एक दर्जन भन्दा बढी केन्द्रीय सदस्यहरुले किशोर राईले नै उमेद्वारी पाउनुपर्ने भन्दै नेतृत्वलाई सुझाएको ती केन्द्रीय सदस्यले बताए ।

पदमा नरहँदा पनि किशोर राईले नेपाली काँग्रेसका वडा समितिहरुलाई व्यवस्थित गर्न, कार्यालय खोल्न आर्थिक सहयोग गर्ने, व्यानर, वडासमितिका बोर्ड, माइनेटिक बुक, लगायतका सामाग्री
वितरण गरेकोले राईलाई धरान उपमहानगर पालिकाको वैसाख ३० गते हुने निर्वाचनमा प्रमुखमा उमेद्वारी दिनुपर्ने वडा नं. १३ का काँग्रेसका पुराना नेता विश्वराज शर्मा बताउनुहुन्छ । राईलाई उमेद्वारी दिनुपर्नेै भन्दै वडा समितिदेखि क्षेत्रीय समितिका कार्यकर्ता केन्द्रीय नेतृत्वको ध्यानाकर्षैण गर्न यतिबेला काठमाण्डौसमेत पुगेका छन् । नेपाली काँग्रेस धरान वडा न. १ का अध्यक्ष द्वारिका आचार्य, वडा नं २ का सुधिरसिंह लिम्बू, वडा न. ३ का उमेश श्रेष्ठ, ६ का पदम पौड्याल, वडा नं. ७ का सुवर्ण पलिखे, वडा नं. ९ का रुपेश आचार्य, वडा नं. १० का पावल राई, वडा न. ११ का लोकेन्द्र फागो, वडा नं. १२ का सरोज भट्टराई, वडा नं. १३ का डम्बर तामाङ्ग, वडा नं. १४ का श्याम श्रेष्ठ, वडा नंं १५ का डम्बर गुरुङ्ग वडा नं. १६ का किरण आचार्य, वडा नं. १७ का सुरज कार्की, वडा नं. १९ का देउमान तापमादेन र वडा नं. २० का इन्द्र राईले किशोर राई नै धरानको मेयरमा प्रत्याशी हुनुपर्ने मनसाय व्यक्त गरेका छन् ।
निर्वाचन आयोगको पछिल्लो मतदाता संख्या धरान उपमहानगरपालिकामा १ लाख ३ सय ३४ रहेको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धरान उपमहानगर पालिका वडा न. १ बाट एमालेले ५४२, नेपाली काँग्रेसले १०१९, वडा नं. २ बाट एमालेले ४ सय ४०, नेपाली काँग्रेसले ४९३, माओवादीले ४ सय, वडा नं. ३ बाट एमालेले ८७४, नेपाली काँग्रेसले ४१० र माओवादीले ४७९, वडा नं. ४ बाट एमालेले ६१४, नेपाली काँग्रेसले १९१, माओवादीले ३७०, वडा नं. ५ बाट एमालेले १०३९, नेपाली काँग्रेसले ११८७, माओवादीले ७२६, वडा नं. ६ बाट एमालेले १४२०, नेपाली काँग्रेसले १०८० र माओवादीले २३१, वडा नंं ७ बाट नेपाली काँग्रेसले ३८३, एमालेले ६३६, माओवादीले १५०, वडा नं. ८ बाट एमालेले १४३५, नेपाली काँग्रेसले १२१९, मओवादीले ५४४, वडा नं. ९ बाट एमालेले ७१५, नेपाली काँग्रेसले ६६९, माओवादीले ६७, वडा नं. १० बाट एमालेले ८०१, नेपाली काँग्रेसले ६०१, माओवादीले २१४, वडा नंं. ११ बाट एमालेले १४६२, नेपाली काँग्रेसले १२७८, माओवादीले ११९९, वडा नं. १२ बाट एमालेले ७९३, नेपाली काँग्रेसले ५०३, माओवादीले २४०, वडा नं. १३ बाट एमालेले १६५०, नेपाली काँग्रेसले ८६३, माओवादीले ३४६, वडा नं. १४ बाट एमालेले ५६५, नेपाली काँग्रेसले १०७४, माओवादीले १४७, वडा नं. १५ बाट एमालेले २६५१, नेपाली काँग्रेसले १२३३, माओवादीले १४९९, वडा नंं. १६ बाट एमालेले २१४३, नेपाली काँग्रेसले १४२४ माओवादीले ३२१, वडा नं. १७ बाट एमालेले १३९५, नेपाली काँग्रेसले १०३२, माओवादीले १८९९, वडा नं. १८ बाट एमालेले ३२८, नेपाली काँग्रेसले ५६८, माओवादीले १८१, वडा नं. १९ बाट एमालेले ७५२, नेपाली काँग्रेसले ४४६, माओवादीेले ३६१ र वडा नं. २० बाट एमालेले ८००, नेपाली काँग्रेसले ६१३ र माओवादीले १८८ मत प्राप्त गरेका थिए ।
