गोरखा डिपार्टमेन्ट स्टोरमा उपभोक्ताहरुको थामिनसक्नु भीड थारु समुदायको सिरुवा मेला शुरु भएपछि लत्ताकपडा, खाद्यान्न र पेय पदार्थको बढी विक्री

इटहरी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको पहिलो र दोस्रो लहरका कारण सुस्ताएको गोरखा डिपार्टमेन्ट स्टोरको व्यवसाय यतिबेला पुन ः पुरानै लयमा फर्किएको छ ।
यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा उपभोक्ताहरुका धामिनसक्नु भीडले स्टोरको व्यवसाय पुरानै लयमा फर्किएको देखिएको हो । पूर्वाञ्चलमै पहिलो डिपार्टमेन्ट स्टोर गोरखामा यतिबेला ६ लाख भन्दा बढी प्रकारका उपभोग्यदेखि गिÏट आइटम, लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान, जुत्ता चप्पल, स्वदेशी तथा विदेशी पेय पदार्थहरु, बच्चाका नरम र हल्का कपडाहरु, सटिङसुुटिङका कपडा, टाइटेनिक लगायत विभिन्न ब्राण्डका घडीहरु स्वादिष्ट बेकरी आइटम, मिठाई आदि रहेका छन् ।


अझ यतिबेला तराईका आदिवासी समुदाय थारुहरुको एक महिने सिरुवा मेला वैसाख १ गतेदेखि शुरु भएपछि गोरखा डिपार्टमेन्ट स्टोरमा भीड बढेको अनुमान स्टोरका प्रबन्ध निेर्देशक बलराम आचार्यको छ । उहाँ भनुहुन्छ थारु समुदायको सिरुवा मलो हिजो आज अन्य जात जातका लागि पनि एउटै पर्वको रुपमा देखिन थालेको छ । सिरुवा मेलाका अवसरमा खास र थारु समुदायहरुले नयाँ नयाँ लत्ता कपडा घरमा आएका पाहुनाहरुलाई आतिथ्यपर्ण सत्कार गर्दैै भोज खुवाउने, उपहारहरु दिने भएकोले गारखाको व्यवसाय यतिबेला सोचेभन्दा बढी भएको हुनसक्छ । दुहवी नगरपालिका वडा नं. ५ की देवी चौधरी सोमबार विहानै आफ्ना परिवारका साथ डिपार्टमेन्ट स्टोरमा भेटिइन् । उनले भनिन अरुले दशै तिहारमा नयाँ कपडा लगाउने, मीठो खाने गर्छन् । हाम्रो समुदाय पनि सिरुवा मेलाका बेला यसै गर्छन् । सिरुवा मेला हाम्रो एउटा महत्वपूर्ण चाड हो । उनले नानीहरुका लागि कपडा ग्रोसरीमा उपभोग्य सामान, बेकरी स्टोरबाट विभिन्न स्वादका मिठाई खारिद गरेको सुनाइन् ।
पकली पडहरका सुदिप चौधरीले पनि देवी चौधरी झै आफ्ना परिवारै डिपार्टमैन्ट स्टोरमा घुमाउन ल्याएका थिए । उनले भने सिरुवा मेलाको हाम्रा समुदायमा विशेष प्रकारको महत्व छ । स्थानीय विद्यालय शिक्षक समेत रहेका चोधरीले भने एकातिर परम्परा धान्नु प¥यो भने अर्कोतिर चाडपर्वका बेला परिवारलाई पनि घुमाउनै प¥यो । अन्त पनि हिजोआज थुप्रै डिपार्टमेन्ट स्टोर खुलेका छन
गोरखामै किन आउनु भयो त भन्ने जिज्ञासामा चोधरीले भन्नुभयो खुलेका छन् तर २०÷२२ बर्षदेखि नै म र मेरो परिवार गोरखा डिपार्टमेन्ट स्टोरबाटै चाडपर्वको बेला मात्र नभएर अन्य समयमा पनि आवश्यक सामाग्री खरिद गर्न आउदैछौं । एउटै छतमुनी बजार मूल्य भन्दा कम, गुणस्तरीय सामान, अत्यन्तै सफा वातावरणले हामीलाई आजसम्म लोभ्याउँदै आएको उहाँले सुनाउनुभयो ।

गोरखा होटलमा अग्रिम बुक

गत बर्ष गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटल आगन्तुकहरुका लागि यतिबेला आकर्षणको केन्द्र बनेको छ । होटल सञ्चालनमा आए लगत्तै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण तीन महिना पनि सञ्चालनमा आउन नपाउँदै सरकारले गरेको लकडाउनले बन्द भएको थियो ।
तर यतिबेला पुनः सञ्चालनमा आएसँगै होटलमा आउने पाहुनाहरुले अग्रिम बुक गर्ने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतम बताउनहुन्छ । उहाँ भन्नुहुन्छ गोरखा होटलले आफ्ना पाहुनाहरुका लागि पाँचतारे होलटको सेवा सुविधा प्रदान गरेको छ । सभाहलदेखि लिएर बार लगायतका सम्पूर्ण सुविधा उपलब्ध भएकै कारण होटल गोरखामा आउने पाहुनाहरुको आकर्षण बढेको गौतम बताउनुहुन्छ ।
परिवार तथा साथी भाइसँग राम्रो खानाका लागि गोरखा लउन्ज तथा रेष्टुरेन्टमा आउने पाहुनाहरु समेत उत्तिकै रहेका छन् । झण्डै ४२ करोडको लागतमा सञ्चालनमा ल्याएको गोरखा होटलमा नेपाल घुम्न आउने भारत सिक्किम राज्यका विभिन्न स्थानका बासिन्दाहरु, पश्चिम बंगालको दार्जीलिङ्ग, कालिम्पाङ, खर्साङ्ग, आसामको डिम्मापुर, मणिपुर पश्चिम बंगालकै सिलगुढीदेखिका पाहुनाहरुले विभिन्न माध्यमबाट सम्पर्क गरी कोठा बुक गने गरेको गौतमले बताउनुभयो । पाँचतारे होटलमा लामो समयसम्म काम गरिसक्नु भएका अनुभवि कुक, वेटर रहेको गोरखा होटलमा नेपालका दूरजराजबाट समेत पाहुनाहरु आउने गर्नुभएको छ । खासगरी व्यापारिक प्रयोजनका लागि पश्चिम वा काठमाण्डौै, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर आदि ठाउँका पाहुनाहरु पूर्व आउँदा गोरखा होटल नै रोज्ने गरेको पनि उहाँले बताउनुभयो ।

शान्त मनोरम दृष्यमा रमाउदै किचनमा भीड


विगतका बर्षहरुको तुलनामा यस बर्ष अत्याधिक गर्मी बढेको आम सर्वसाधारणको भोगाइ रहेकोमात्र हैन मौसम विदहरुले समेत यसको पुष्टि गरिसकेका छन् । अत्याधिक गर्मीका कारण सर्वसाधारण बाहिर घुमफिर गर्न समेत हिच्किचाउँछन् । तर यस्तो प्रतिकूल मौसममा समेत गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आफ्ना सबै शाखाहरु एसीयुक्त बनाइएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरको दमक, पथरी, विराटचौक, इटहरी र धरानमा समेत उपभोक्तालाई बाहिरको उखरमाउलो गर्मीको कुनै वास्ता हुँदैन । पाँचौ शाखाको रुपमा धरानमा सञ्चालनमा आएको गोरखा किचन सोमबारदेखि पूर्ण रुपले एसीयुक्त भएको छ । अब कुनै पनि परिकारको स्वाद लिन जाने ग्राहकहरुले गर्मीको प्रवाह गर्नु नपर्ने भएको छ । धरानमा रहेको गोरखा किचनमा आरामदायी बसाइर्सँगै बाहिरको मनोरम दृश्यको अवलोकन गर्न पाउने भएपछि किचनमा ग्राहकहरुको अत्याधिक भीड बढेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
हरेक मानिसको चाहना गर्मीले अस्तव्यस्त बनाएको अवस्थामा चिसो पिउनु र शितल ठाउँमा बस्ने हुन्छ । बजारका अन्य ठाउँमा गर्मी मेटाउनकै लागि चिसो खाँदा त्यसले सन्तुष्टि दिन सक्दैन । गर्मी ठाउँमा बसेर चिसो खानुको कुनै अर्थ रहँदैन । तर एसीमै बसेर चिसो खानुको मज्जै अर्को हुन्छ धरान १५ का हर्कध्वज राईको कथन छ । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पाँचौ शाखाको किचनलाई सोमबारदेखि पूर्ण रुपले एसीयुक्त बनाएपछि गोरखा किचनमा परिवारसहित पुग्नेहरुको संख्या ह्वात्तै बढेको छ स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको कथन छ । उहाँ भन्नुहुन्छ ग्राहकले मेनु हरेर जुनसुकै सामान वा परिकारको स्वाद लिन सक्नु हुन्छ । सिद्धार्थ टेम्पो संघका चालक सुधिर राई भन्नुहुन्छ हामी मजदुर मान्छे यस्तो गर्मीमा एसीमा बसेर सादा खाना रु ५० र चिकेन खाना रु ९० मा खान पाउनु ठूलो कुरा हुन्छ । अन्यत्र त्यही खाना खादा १५० देखि २०० तिर्नुपर्छ अनि गर्मीले सम्पूर्ण शरीर नै भिज्छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ गोरखा किचनमा कार्यरत कुकहरु तारे होटलमा काम गरिसकेका अनुभवि रहेका छन् । काठमाण्डौको पाँचतारे होटल, पोखराका तारे हाृेटलबाट कुकुहरु मगाएको पनि उहाँले सुनाउनुभयो । साधारण खानाको र चिकेन खानाको अलावा अनुभवि कुकहरुबाट थकाली खाना समेत तयार गरिने भएकोले किचनमा ग्राहकहरुको भीड बढ्नु स्वभाविक हो ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो ।


बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया