हाम्रो धरान भेट्रान फुटबल कप सुरु

धरान । धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान र मोरङको लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको पहिलो खेलमा सुनसरीको दुहबी भेट्रानलाई २(० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनलमा प्रवेश गरेको हो । दुधेकालागी भिष्म सिटौला र लोकनाथ राईले गोल गरे । सिटौलाले खेलको ३८ औं मिनेटमा गोल गरेका हुन् भने राईले खेलको ६२ औं मिनेटमा गोल गरेका हुन् । दुधेले पहिलो खेलमा जनता भेट्रान इटहरीलाई पराजित गरेको थियो ।


त्यस्तै सोमबार भएको दोस्रो खेलमा झापाको विर्तामोड भेट्रानलाई पराजित गर्दै लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ । लेटाङले बिर्तामोडलाई ३–१ गोल अन्तरले पराजित
गरेको थियो । खेलको ११ औं मिनेटमा बिर्तामोडका लिलाबहादुर जोशीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो । लेटाङकालागि भुवनसिंह
राईले दुई गोल गरे भने प्रकाश थापाले एक गोल गरेका थिए ।
मंगलबार पहिलो खेलमा हाम्रो इटहरी भेट्रान र दमक लखनपुर भेट्रानले प्रतिष्पर्धा गरेका थिए भने दोस्रो खेलमा हाम्रो धरान भेट्रान र एभरेष्ट भेट्रान मोरङ बीच प्रतिष्पर्धा हुने भएको थियो । हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ४० वर्ष माथी उमेर समुहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया