धरान । वहु प्रतिक्षित मोदी–लेखनाथ विद्युत प्रशारण लाइन तथा शव स्टेशन परियोजना चैत्र १४ गते सोमबार उद्घाटन गरिएको छ ।
भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको मोदी–लेखनाथ विद्युत प्रशारण लाइन तथा शव–स्टेशन परियोजना अन्तर्गतका तीनवटा शव स्टेशनहरुको कास्की जिल्लाको लहचोकमा उद्घाटन भएको हो ।

निर्माण सम्पन्न भएको उक्त परियोजना भारत स्वतन्त्र भएको ७५औं बार्षिको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस बर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येकै एक हो । मोदी–लेखनाथ परियोजना अन्तर्गत ४२ किमी लामो विद्युत प्रशारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लहचौक र लेखनाथ शव स्टेशनहरुको एकसाथ निर्माण सम्पन्न भएको छ । भारत एक्जिम बैंकको आर्थिक सहयोग अन्तर्गत भारतको केपीटिएल लिमिटेडले र एबिबीले परियोजनाको निर्माण गरिरहेका छन् । परियोजना अन्तर्गतको शव स्टेशन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रशारण लाइनको निर्माण चाँडै नै सम्पन्न हुने जनाइएको छ ।
ऊर्जा, जलसोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, नेपाल सरकारका विशिष्ट तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा उक्त परियोजनाको समुद्घाटन गर्नुभएको थियो । भारतीय पक्षको तर्फबाट उद्घाटन समोारोहमा भारतीय विदेश मन्त्रालयका सह सचिव श्रीधरण मधुसुधनन नेतृत्वको टोली लगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय दूतावासका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
भारत नेपाल ऊर्जा सहकार्य अन्तर्गत विद्युत परियोजनाको विकास, सिमा पार एवम् नेपालभित्रका प्रशारण लाइनहरुको निर्माण र ऊर्जा व्यापार रहेका छन् । ऋण सहयोग अन्तर्गत मोदी–लेखनाथ परियोजनाका चारवटा प्रशारण लाइन र शव स्टेशन परियोजनाको निर्माणमा सहयोग गरेको हो । ती परियोजनाहरुमा २२० केभीको कोशी करिडोर, १३२ केभीको सोलु करिडोर र ४०० केभीको मुजÏफरपुर–ढल्केबर अन्तरदेशीय प्रशारण लाइनको ढल्केबर–भित्तामोड खण्ड रहेको छ ।
