समूह चरणको खेल सकियो, समुह बी बाट १३ र १९ सेमिफाइनलमा

धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको समुह चरणको खेल सकिएको छ ।
समुह चरणको खेल सकिएसँगै समुह बी बाट वडा नं. १३ र १९ सेमिफाइनलमा प्रवेश गरेका छन् । ६ अंकका साथ वडा नं. १३ अंक तालिकाको शिर्ष स्थानमा रहदै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने ४ अंकका साथ वडा नं. १९ समुह उपविजेता रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । समान ४ अंक रहे पनि गोल अन्तरमा पछि परेपछि गोधुली कपको विजेता १६ नं. वडा भने समूह चरणबाटै बाहिरीएको छ । समूह बी का चारै टिम आज धरान रंगशालामा खेलेका थिए । आज भएको पहिलो खेलमा १६ नं. वडाले ८ नं. वडालाई पराजित गर्दै समुह उपविजेता हुने सम्भावना जिवितै राखेको थियो ।


दोस्रो हाफको ५८ औं मिनेटमा ८ नं. वडाका सृजन राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर लगत्तै १६ नं. वडाले पेनाल्टीको अवसर पाएपछि गोल गर्दै लाकेन लिम्बूले खेल बराबरीमा ल्याएका थिए । खेलको इन्जुरी समयमा १६ नं. वडाका सरोज लकान्द्रीले गोल गर्दै १६ नं. वडालाई जित दिलाउदै दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेका थिए । तर उता समुह चरणको अन्तिम खेलमा १९ नं. वडाले १३ नं. वडालाई फराकिलो अन्तरले पराजित गरेपछि १६ नं. वडा समुह उपविजेता हुन सकेन र बाहिरीयो । खेलको म्यान अफ द म्याच १६ नं. वडाका मनिष बस्नेत घोषित भएका थिए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।
आइतबार भएको दोस्रो खेलमा १९ नं. वडाले १३ नं. वडामाथी सनसनीपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा १३ नं. वडाले अग्रता लिए पनि लगातार १९ नं. वडाले ४ गोल गरेपछि खेल जितेको थियो । १३ नं. वडाकालासग सोहिल श्रेष्ठले खेलको १५ मिनेटमा नै गोल गरेका थिए । १९ नं. वडाकालागी प्रमेश राईले २० औं मिनेटमा, मन्जिल राईले खेलको ४६ औं मिनेटमा, लगत्तै ४८ औं मिनेटमा आयाम राईले गोल गरे भने ६८ औं मिनेटमा आशिष राईले गोल गरे । खेलको म्यान अफ द म्याच १९ नं. वडाका मन्जिल राई घोषित भए । उनलाई नगद २५ सय र मेडल प्रदान गरिएको थियो ।
अब बुधबार पहिलो सेमिफाइनलमा समुह ए को विजेता वडा नं. १५ र समुह बी को उपविजेता वडा नं. १९ बीच हुनेछ भने दोस्रो सेमिफाइनल बिहीबार समुह बी को विजेता वडा नं. १३ र समुह ए को उपविजेता वडा नं.११ बीच हुनेछ ।
गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समुह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरुले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन । प्रतियोगताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया