पं. काशीनाथ उपाध्याय हरिप्रिया कट्टेल र कमलापति डम्बरकुमारी कट्टेल वाङ्मय पुरस्कार वितरण

धरान । पण्डित काशीनाथ उपाध्याय हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानको दशौं र एघारौ संयुक्त बार्षिकोत्सवका अवसरमा नेपाली साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका विद्वानहरुलाई
पुरस्कृत गरिएको छ ।
पण्डित काशीनाथ उपाध्याय हरिप्रिया कट्टेल वाङमय प्रतिष्ठानले हरेक बर्ष साहित्य, समालोचना, भाषाका क्षेत्रमा योगदान पु¥याउने विद्वानहरुलाई पुरस्कृत एवम् सम्मान गदै आएको भएपनि विगत दुई बर्षदेखि कोडिभ १९ प्रकोपका कारण दशौं र एघारौ बार्षिकोत्सवको आयोजना हुन सकेको थिएन । वि.सं. २०६७ सालमा स्थापना भएको पण्डित काशीनाथ उपाध्याय हरिप्रिया कट्टेल वाङमय पुरस्कारबाट यस भन्दा अगाडि भाषाशास्त्री स्व. बालकृष्ण पोख्रेल, प्रा.पुरुषोत्तम भट्टराई, नारायणदत्त पौड्याल, प्रा.डा. गोपालप्रसाद भण्डारी, गोविन्दराज भट्टराई, गुरुप्रसाद सुवेदी, दधिराज सुवेदी, स्व. पण्डित लोकराज लुइँटेल, प्रा.डा. टंक न्यौपाने, केदारनाथ खतिवडा, मेनुका चापागाईलाई पुरस्कृत एवम् सम्मानित गरिसकेको छ । सोमबार सम्पन्न दशौं र एघारौं बार्षिकोत्सवमा पण्डित काशीनाथ उपाध्याय हरिप्रिया कट्टेल वाङमय पुरस्कारबाट प्रा.डा. माधवप्रसाद पोख्रेल काठमाण्डौ, प्रा.मोहनप्रसाद भण्डारी दमक झापालाई सम्मान सहित २०७६ बाट रु २१,१११ पुरस्कृत गरिएको थियो । यसैगरी २०७७ को वाङमय पुरस्कारबाट डा. बद्री पोख्रेल काठमाण्डौ, डा. गाविन्दबहादुर तुम्बाहाङ्ग सुनसरी धरानलाइ सम्मानसहित २१,१११ बाट पुरस्कृत गरिएको थियो ।


यसैगरी पण्डित कमलपति डम्बरकुमारी कट्टेल वाङमय पुरस्कारबाट २०७६ बाट झापा कमल गाउँपालिकाका स्थित सिद्धेश्वर गुरुकुल शिक्षा मन्दिर र २०७७ बाट झापाकै गोलधापस्थित ओमकारेश्वर बैद्धिक विद्यापीठ–गायत्री स्वरुपाश्रमलाई सम्मानसँगै १५,१११ बाट पुरस्कृत गरिएको थियो । यता हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार २०७६ बाट मोरङकी कवयित्री निर्मला कोइराला र २०७७ बाट सुनसरीकी कवयित्री मञ्जु श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । धरानस्थित पिण्डेश्वर विद्या पीठमा अध्ययन गर्ने शास्त्री, मध्यमा, उत्तर मध्यमाका चार जना छात्रहरुलाई समेत मेधावी पुरस्कार प्रदान गरिएको थियो ।
दशौ र एघारौ संयुक्त समारोहमा प्रा. नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित दुई पुस्तकहरु आत्म चिन्तन र श्रद्धाञ्जली प्रमुख अतिथि प्रा.पुरुषोत्तम भट्टराईले विमोचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका कट्टेलका दुवै पुस्तक पद्यमा लेखिएका छन् । प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमाथि महेन्द्र वहुमुखी क्याम्पसका सह प्राध्यापक हरिप्रसाद दाहालले चर्चा गनुभएकोे थियो ।
पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङमय प्रतिष्ठानका अध्यक्ष प्रा. नारायणपसाद शर्मा कट्टेलको सभापतित्व तथा पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव गंगाधर कट्टेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया