बृद्धभक्ता शुरु गर्ने राजनेता रे
नेप्लिज काँग्रेसको र्वैसाखी नटेकी हलचल गर्नै नसक्ने डरलाग्दो रोगबाट ग्रसित त्यो के जाति एस हो कि नो हो पार्टीका अध्येक्षे माकुन्याउ जति जति स्थानीय निकायको चुनाव नजिक आउँछ त्यति त्यति नै बर्बराउन थाल्या छन् । कसैले तपाई भनोस् कि नभानोस आफै मपाई भनेझै अस्तिका दिन ती गठ्ठे गठ्ठे नेताले बुरुक बुरुक उफ्रेर भनेछन् वृद्धभत्ता शुरु गर्ने राजनेता मै हुँ । घण्टाघरलाई लाग्यो अब त माकुने आधाउधी खुस्किसकेछन् । वैसाख ३० सम्म त पुरै खुस्केलान् जस्तो पो छ । मनमोहन अधिकारीले शुरु गरेको बृद्ध भत्ता मैले शुरु गरेको हुँ भन्न थालेपछि बाँकी के रहयो र ? फेरि माकुनेले आफ्नो थुतुनोले आफैलाई राजनेता घोषित गरेछन् । यो कली हो हेर्दै जाउ बाबु के के देखिन्छ भन्थे बुढापाकाहरु हो रै’छ । जनताले चप्रासीको दर्जा समेत नदिएको अवस्थामा माकुनेले आफैलाई कसरी राजनेता भन्न सक्या होलान् ? आची गर्ने भन्दा देख्नेलाई कुरी कुरी भनेझैँ । चुनाव सम्ममा माकुनेले देशका ठूला ठूला आयोजना सबै आफैले शुरु गरेको, बनाएको भने भने पनि कसैले आश्चर्य नमाने हुन्छ ।
एमालेस“ग गठबन्धन ?

यतिबेला माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउ र ठूलो भाग खान आफ्नै घरमा आगो झोसेर हिडेका माकुने साह«ै ठूलो धर्म संकटमा प¥या छन । वैसाख ३० को स्थानीय निर्वाचनपश्चात देशबाट यिनीहरु सिनित्तै बढारिने भएपछि दुवैमा रुवाबासी चल्या छ । नेप्लिज काँग्रेसले ती दुवैलाई बाल मतलब नदिने भएपछि विचराहरुमा रुवाबासी त चल्ने नै भयो । अरुको वैसाखी नटेकी विचराहरु बामे सर्नै नसक्ने अवस्थामा पुगेका छन् । एमालेलाई सक्तो सराप गर्देआएका प्रचण्डाउ हिजो आज काँग्रेसले लेखेटे एमालेसँग गठबन्धन गर्ने भन्दै हिड्न थाल्या छन् । अर्काको बुइँ चढेर सत्तामा पुग्ने सपना अब माकुने र प्रचण्डाउले नदेखेकै जाति । एमालेले घास हाल्दै नहाल्ने संकेत दिइसकेको छ । अगुल्टोले हानेको कुकुर विजुली चम्कदा नि तर्सन्छ । जे होस् वैसाख ३० गतेपछि ती दुवैका चुरीफुरी र पाइन झर्ने भयो ।
पीरले पिरोलै पा¥यो
प्रकाश सपुतको पीर गतले यतिबेला माउवादी पार्टीलाई पिरोलै पारेको छ । स्थानीय चुनाउ आउनै लाग्दा सपुतले पनि वित्थामा किन गीत रिलिज गर्देका होलान् । एक त सिद्धिइसकेको माओवादी गीतले सिनित्तै बनाउने भयो क्या भुर्नहत्ते र पिरलो आइलाग्यो विचराहरुलाई । जस्तो भा’छ त्यस्तै गीत बनाएछन् सपुतले । अब माउवादीले पीर गीतलाई साम्राज्य शक्तिहरुको उक्साहटमा बनाएका भनेर आरोप लगाइरहेका छन् । एउटा गीत पनि साम्राज्यवादी शक्तिहरुर्ले बनाइ देला त ? सत्ताको आडमा यसो छाली चाट्दै आएका माउवादीका झोलेहरुचाहिँ प्रकाश सपुतलाइ जहाँ भेट्यो त्यही बजाउँछन् भनेर कुर्लदैछन् । जे होस् पीरले तिनीहरुको मथिंगलचाहिँ राम्रैसँग हल्लाइदिएछ ।
साठी सत्तरी प्रशित जित्छ रे
बोल्नको लागि त बरदान नै पाएका झालेमालेका अध्यक्षे खपओले भन्या एमालेले स्थानीय निकायको निर्वाचनमा ६० देखि ७० प्रतिशत सिट जित्छ रे । बुढाले हावामा तीर हाने जस्तो छ । हावामै हान्या भए नि काँग्रेसको लगौटी अठ्याएर वैतरणी पार गर्न दिलो ज्यानले लागिपरेकाहरुको चाहिँ यतिबेला भोकनिन्द्रा हराएको छ । सरकारमा पो गठबन्धन ग¥या हो त निर्वाचनमा सँगै जान गठबन्धन ग¥या होइन भन्ने कुरा ती गलगाँढेलाई हेक्का हुनुपर्ने हो । त्यसमाथि खप्रओले ६०–७० प्रतिशत जित्ने फन्डा चलाएपछि त वातै खलास भैगयो । सिद्धिने भए विचराहरु । तामझामसँग उदाएका थिए सट्याकसुटुक हराउने भए ।
बोरामा पैसा बोकेर हराउछन् रे
छँदाखाँदाको घर छोडेर माकुनेको मलद्वारलाई हरिद्वार देखेर पछि पछि दौडिएका अकबरे बाजे आच्या सर्पनाथको यतिबेला आफ्नै दुःख छ । आउने संसदीय निर्वाचनमा आफ्नो क्षेत्रबाट र्सनामक हार हुने भएसी सर्पनाथ यतिबेला तिल्मिलाउन थाल्या छन् । अस्तिका दिन तिनले के सम्म भन्न भ्याए भने आउने चुनाउमा काँग्रेस र एमालेले आफूलाई हराउन बोरामा पैसा बोकेर जान्छन् । सर्पनाथले पनि
बोरामै बोकेर गए भैगयो । ७२ करोड राज्यको ढुकुटीबाट सर्प पाल्न भनेर सित्तैमा लिएकै छन् । न त्यसको व्याज तिर्नुपर्छ न सावा तिर्नुपर्छ । फोकटमा आएको पैसा आफ्नो क्षेत्रका मतदातालाइ भागशान्ति गरे चुनाव मजाले जितिन्छ । तर अकबरे बाजे यसो किन गर्थे ? अरुलाई दिनु भनेपछि तिन्का घुँडाबाट आँशु झार्छन् । कि कसो हौ ?
काठमाण्डौको मेयरमा उठ्ने रे
आयाराम गयाराम नेता बाउराम बाजे स्थानीय निकायको निर्वाचनमा काठमाण्डौ महानगरपालिकको मेयरमा लडने रे । आफनो गामतिर गएर विचारालाई चुनाव लड्ने वातावरण नै छैन । अझ एमसिसीको प्रवक्ता भएसी तिन्लाई आफनो गामघरतिरकाले ढुंगा हान्न थाल्या छन् । संसदको चुनाउमा लडुम भने विचरालाई भोट कसले दिने ? मेयरमा चुनाव लड्ने माखे सांग्लो परिहाले पाँच बष मेयर साहव भएर बस्न त पाइने ।
राजनीतिको शिखरमा पुगेकाहरुले अब यस्तै मेयर, वडाध्यक्ष, अध्यक्षमै चुनाव लडेको जाति । हुन बाउरामको हैसियत भन्या अब मेयर, उपमेयर, वडाध्यक्ष, वडासदस्यमै उठ्ने हो । माथि उक्लन त त्यो के जाति चाहियो नि
धमाधम राहत वितरण
गरिक मतदाताहरुलाई चुनाव बर्ष बर्ष दिनमा आए ख्याल गज्जब हुन्थेन । अब हेरम न इटहरी लगायतका ठाममा गरिब मतदाताहरुलाई झालेमालेले राहत बाँड्न थालेछ । राहतको बोराभित्र एमालेबाट उपलब्ध गराएको चिठ्ठी पनि राख्देछन् । एमालेले राहत बाँड्न थालपछि अरु दललाई औडाहा भएको छ । राहत दिएपनि एमालेले प्रदान गरेको भनेर चिठ्ठी किन राखेको भनेर उफ्रेका उफ्रियै छन् । एमालेले बाँडेको राहतमा अरु पार्टीको नाम लेख्नु भएन । खै कुरा बुझेको ? अरुलेपनि आफनो पार्टीका नाममा राहत बाँडे भैगयो । जस्ले दियो उस्ले नाम राख्यो के विरायो । भोलि मासुभात खाने पैसा देला । रिस गरेर हुन्छ ? कि कसो हौ ?
डिभोर्सीहरुको आपत्ति
महिलाले डिभोर्स गर्दा पहिलो लोग्नेबाट पाएको सम्पत्ति फेरि अर्को विवाह गरेमा पहिलाको लोग्नेबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्छ भन्ने प्रावधानप्रति डिभोर्र्सीहरुले आपत्ति जनाएका छन् । विचराहरुको विरोध पनि जायजै छ । सम्पत्ति कमाउन कम्ता गाह«ो छ । गाँठवालासँग विवाह ग¥यो आधा सम्पत्ति लिएर डिभोर्स ग¥यो । फेरि अर्केसँग कुले ठोक्यो फेरि डिभोर्स गरेर आधा सम्पत्ति हत्यायो । आठ दश पटक यसो गर्दा करोडपति हुने पक्का । अब करोडपति हुने सपना कानुन ल्याएर भताभुङ्ग पार्न खोजेपछि डिभोेर्सीहरुले विरोध नगर्ने कुरै भएन । करोडपति त्यसै चकनाचुर पार्न पाइदैन । विरोध गनैैपर्छ । घण्टाघरको पनि फुल्ली समर्थन छ ।
