धरान । धरान १४ विजयपुरमा निर्माण भएको विश्राम स्थल पैदलयात्रीका लागि विश्राम गने थलो बनेको छ ।
गृहणीमात्र हैन सामाजिक कार्यमा समेत संलग्न मारवाडी महिला मञ्चले दुई बर्ष अगाडि धरान २ दुई धारे अगाडि सो विश्राम स्थल निर्माण गरिएको थियो ।

विश्राम स्थल निर्माण पछि धरानको विजयपुरमा रहेको दन्तकाली, बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर लगायतका मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुलाई घामपानी छल्ने ओत बनेको छ ।
तेह्रथुम लालीगुरास नगरपालिकाका उमेश गौतमले विश्राम स्थलले पैदलयात्रीलाई सहज बनाएको बताउनुभयो उहाले टन्टलापुर घाम होस् या बर्षदको समयमा पानी पर्दा होस् यो विश्राम स्थलले ओतको काम गरेको बताउनुभयो । उहाले भन्नुभयो, म प्राय ः विजयपुर जाँदा हिडेरै जान्छु, गर्मीको मौसममा टन्टलापुर घाम लागेको समयमा यो विश्राम स्थलले आफूलाई ओतको काम गरेको छ ।
धरान १४ विजयपुरका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले मारवाडी महिला मञ्चले निर्माण गरिदिएको विश्राम स्थल सर्वसाधारणको लागि गर्मीमा शितल ताप्ने र बर्षादको समयमा ओतको काम गरेको बताउनुभयो । उहाले भन्नुभयो, यो ठाउँमा एउटा विश्राम स्थलको खाँचो थियो, वडाले पनि बनाउने योजनामा रहेको बेला मारवाडी महिला मञ्चले आफ्नै लगानी तथा सक्रियतामा यो विश्राम स्थल बनाइदिएको छ । यसले सर्वसाधारणलाई ठूलो राहत मिलेको छ ।
यता मारवाडी महिला मञ्चकी अध्यक्ष अनिता अटलले घरचुल्होमा मात्र सीमित नभई पछिल्लो समय मारवाडी महिला मञ्च सामाजिक कार्यमा समेत अग्रसर बनेको बताउनुभयो । उहाँल धार्मिक क्षेत्रमा भक्तजनहरुको सहजताका लागि
मारवाडी महिला मञ्चकै सक्रियतामा विश्राम स्थल निर्माण गरिदिएको बताउनुभयो । उहाँले यसमा स्थानीय सरकार १४ नं. वडा समितिले समेत सहयोग गरेको बताउनुभयो ।
दुई बर्ष अगाडि निर्माण भएको सो विश्राम स्थलको शिलान्यास र निर्माण सम्पन्न भएपछि उद्घाटन धरान उपमहानगरपालिका वडा नंं १४ का वडाध्यक्ष कृष्णप्रसाद
भट्टराईले गर्नुभएको थियो ।
