आजादीका अमृत महोत्सवमा वृहत रक्तदान हुँदै

धरान । नेपालको अत्यन्तै निकट छिमेकी मुलुक भारतको ७५ औं स्वतन्त्रता दिवसबाट आरम्भ भएको ‘आजादीका अमृत महोत्सव’ को उपलक्ष्यमा भारतीय राजदूतावास पेन्सन वितरण कायालय धरानले वृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।


आगामी सन् २०२३ सम्म भारतले स्वदेश र विदेशमा रहेका आफ्ना कुटनीतिक नियोगहरु मार्पत आजादीका अमृत महोत्सवको आयोगना गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी धरानको सहकार्यमा पौष १० गते विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म पेन्सन वितरण कार्यालय धरानको परिषरमा रक्तदान कार्यक्रम हुने कार्यालयका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया