धरान÷नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभापतिमा पुन ः उमेश थापा सर्वसम्मत चयन भएका छन् ।

पौष ५ गते सोमबार भएको निर्वाचनमा थापा तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी उपसभापतिमा (महिला) इटहरीकी सीमा बस्नेत निरौला, धरानका मुकुल कायस्थ, मन्त्रीमा धरानका प्रकाश राई, कोषाध्यक्षमा इनरुवाका विष्णुदेव मण्डल, उपमन्त्रीमा इटहरीका कृष्णप्रसाद भट्टराई, उप–कोषाध्यक्षमा रामधुनिका श्यामप्रसाद पोख्रेल, महिला सदस्यहरुमा धरानकी वेणु काफले, उत्तरकुमारी शाक्य, रमिता श्रेष्ठ, सदस्यहरुमा बराहक्षेत्रका रविन कुमार घिमिरे, धरानका बासुदेव गौतम, इहरीका बालकुमार पोखेल, चन्द्रकुमार गिरी, विमल कुमार शर्मा पौडेल, रामधुनीका इश्वर घिमिरे र हरिनगराका कृष्णप्रसाद देव समेत निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
