धरानमा अग्रज श्रष्टाहरु सम्मानित हुँदै

धरान÷लामो समयदेखि धरानलाई कर्मथलो बनाई भाषा, साहित्य, कला, संगीत, नाट्य, नृत्य, ललितकला, संस्कृतिको उत्थान एवम जगेर्नामा समर्पित अग्रज श्रष्टाहरुलाई यही पौष ९ गते धरान प्रज्ञा प्रतिष्ठानले सम्मान तथा अभिनन्दन गर्ने भएको छ ।
त्यसरी सम्मानित एवम् अभिनन्दित हुने अग्रज स्रस्टाहरुमा पत्रकार तथा साहित्यकार गिरिराज आचार्य, चार दशकभन्दा लामो समयदेखि ललितकलाको क्षेत्रमा समर्पित गोपाल शाक्य, आधा दर्जन भन्दा चर्चित गीतका गायक एवं संगीतकर्मी गंगा बरदान, नाट्यकलामा समर्पित प्रेम सुब्बा, नृत्यकलामा पारंगत नगेन्द्र राई रहनु भएको छ । उहाँहरुलाई प्रतिष्ठानले जनही नगद २० हजारसहित सम्मान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले बरिष्ठ साहित्यकार शरणकुमार राईलाई पनि अभिनन्दन गर्ने जनाएको छ ।


धरानका प्राज्ञिक समूहरुको अथक प्रयासमा धरान उपमहानगरपालिकाद्वारा २०७४ सालमा धरान प्रज्ञा प्रतिष्ठानको गठन भएको हो । प्रतिष्ठानका संयोजक एवम् पूर्व प्रधानाध्यापक अम्बिका सम्बाम्फेका अनुसार खासगरी धरानमा रही भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यले आफनै विधान तयार गरेर यसको गठन भएको हो । समर्पित श्रस्टाहरुलाई सम्मान एवम् अभिनन्द विगतमा पनि गरिएको संयोजक सम्वाम्फेले बताउनुभयो । उहाँका अनुसार पछिल्लो बर्ष कार्यक्रमको आयोजना गर्ने तयारी गरे तापनि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण स्थगित गर्नुपरेको थियो । २०७६ मा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने, स्वर्गीय कृष्णप्रसाद श्रेष्ठ (विए, जिवितै छँदै), कवि बम देवान, जीवन भट्टराई, शारदा शाक्य, प्रनोद दत्त (पिन्टु), र मणि राईलाई सम्मान एवम् अभिनन्दन गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया