धरान÷पछिल्लो समय मन्दिरहरु खुल्ला भएसंगै भीड समेत बढ्न थालेको छ ।
नया भेरियन्ट ओमोक्रोन नेपालमा समेत देखिदै जाँदा मन्दिरबाट पनि जोखिम हुने सम्भावना बढेर गएका छ । विगतमा कोरोनाकै कारण नेपालीहरुले आफ्नो मैलिक चाडपर्व मनाउन पाएका थिएनन् । तर कोरोना सहज हुदै गएपछि केही भीड बढ्न थालेसँगै पुन भीड बढ्न थालेको छ ।
यही क्रममा कृष्ण चतुर्दशी अर्थात सद्विज छर्ने दिन पनि धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमा भीड अत्याधिक बढेको थियो । यस दिन भगवान शिवको मन्दिरमा पितृहरुको नाममा सद्विज छर्ने परम्परा रही आएको छ । भगवान शिवको मन्दिरमा सद्विज छर्दा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रही आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा विहानैदेखि भीड लागेको थियो । कोराना कहरका समयमा मन्दिरमा घुइचो नलागे पनि सरकारले मन्दिर लगायत सम्पूर्ण भीडभाड हुने क्षेत्रमा खुल्ला गरिएसंगै विहानैदेखि पिण्डेश्वर मन्दिरमा सद्विज छर्नेको भीड बढेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।

परिवारका मृत्यु भएको सदस्यका नाममा सद्विज छर्ने पिण्डेश्वर मन्दिर पुगेर दन्तकाली मन्दिरमा समेत दर्शन गर्न पुगेका इटहरीका रविवन अधिकारीले दिवंगत परिवारको आत्माको शान्तिको लागि सद्विज छर्न आएको बताउनुभयो । उहाले सद्विद छर्दा दिवंगत परिवारको आत्माले शान्ति पाउने जनविश्वास रहेकोले पिण्डेश्वर मन्दिरमा सद्विज छर्न आएको बताउनुभयो ।
पिण्डेश्वर मन्दिरमा नेपालबाट मात्र हैन भारतबाट समेत सद्विज छर्न आएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । उहाले विहीबार बेलुका देखि नै पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने सर्वसाधारणका समेत उल्लेख्य उपस्थिति रहेको र विहान तीन बजेदेखि नै सर्वसाधारण सद्विज छर्न लाइनमा बसेको बताउनुभयो । पिण्डेश्वर मन्दिरमा विहानसम्म १ हजार भन्दा बढी भक्तजनरु आएको उहाले बताउनुभयो ।
शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।
