धरान÷सुनसरी र मोरङको संगम स्थल केराबारीमा सर्पदंश उपचार केन्द्र बनेपछि स्थानीय बासिन्दा हर्षित
धरान÷ विषालु सर्पको विगविगी बढेसंगै अनाहका ज्यानका जोखिम बढेसंगै केराबारी गाउपालिका वडा नं. ६ कालापानीका स्थानीयहरुका सक्रियतामा सामुदायिक सर्वदंश उपचार केन्द्र निर्माण कार्य सम्पन्न भई सुचारु भएपछि स्थानीयहरु सबैभन्दा बढी हर्षित बनेका छन् ।
साविकको याङशिला गाविस र हाल केराबारी गाउपालिका वडा नं ६ मा बर्षेनी सर्पको विगविगी बढेपछि स्थानीय प्रकाश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति गठन गरेर निर्माण सम्पन्न भएको हो ।
नेपाली सेनाको काली शक्ति गण याङ्गसिलाको पहलर्मा गाउपालिका र वडा समिति र स्थानीयको सक्रियतामा ५ कट्टा जग्गामा ५ वटा कोठा सहितको भवनमा आकस्मिक कक्ष , अन्तरङ्ग सेवा,बैठक कक्ष, ड्युटी रुम र स्टोर रुम सहितको सर्पदंश उपचार केन्द्र निर्माण भएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले बताए । उनले भने–‘विषालु सर्पले डसिहाले पूर्वका सर्वसाधारण इटहरीस्तिथत सैनिक व्यारेक कि त चारआलीमा लानुपथ्र्यौ, यहा निर्माण भएपछि याङशिला आसपासका सर्वसाधारणलाई राहत मिलेको छ ।’ उनका अनुसार निर्माण सम्पन्न भएको उपचार केन्द्रमा आकस्मिक कक्षमा ३ वटा बेड राखिएको छ ।
भवन निर्माण गर्नको लागि १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २२ लाख, केराबारी गाउँपालिकाबाट १७ लाख, धरान उपमहानगरपालिकाबाट २ लाख गरी सं संस्था र विभिन्न व्यक्तिको सहयोग गरी ५७ लाखको लागितमा भवन निर्माण गरिएको निर्माण समितिका संयोजक श्रेष्ठले बताए ।
सर्वदंश निर्माण भएपछि सबै भन्दा बढी खुशी त्यहाका स्थानीय बासिन्दाहरु भएका छन्छन् । गाउँमा कसैलाई सर्पले टोकिहाले इटहरी स्थित पूर्वी पृतना मुख्यालयमा रहेको सामुदायिक सर्पदशं उपचार सेवा वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लादा धेरै समस्या हुने गरेको र समयमा नपु¥याउदा विरामीको मृत्युसम्म हुने गरेको स्थानीय मेघराज रखल मगरले बताए । उनले भने–‘सर्पले डसेपछि समयमै उपचारमा पु¥याउन गाहूो हुदा धेरैले ज्यान गुमाउनु प¥यो, अहले गाउमै सर्पदशं उपचार केन्द्र निर्माण भएपछि कालोपानीमात्र हैन वरपरका सबैले समयमै उपचार पाउने छन् ।’
्निर्माणको थालनी शुरु गर्दै केराबारी गाउ पालिकाले ५ लाख, गाउपालिकाका प्रमुखबाट ५१ हजार, स्थानीय शारदा ढकालबाट २५ हजार र शारदा ढकालले २२ हजार रुपया सहयोग प्रदान गरेको निर्माण समितिका संयोजक श्रेष्ठले बताए । गाउमा सर्पका जोखिम बढेपछि कालीशक्ति गण, स्थानीय बासिन्दा, गाउपालिका र वडा कार्यालयको संयुक्त पहलमा निर्माण सर्पदंश उपचार केन्द्र निर्माण भएको उनले बताए । उनले भने(‘यहा विषालु सर्पको विगविगी छ, धेरैलाई सर्पले टोक्यो कतिपयलाई अस्पतालसम्म पु¥याउन सकिएन, यहा उपचार केन्द्रको महसुस गरी सबैले मिलेर निर्माण गरेका हौं ।’
उपचार केन्द्र बनेपछि भने केराबारी गाउपालिकाको २, ४, ७, ८, ९ , १० र धरान उपमहानगरपालिकाका वडा नंं. ६ सबैभन्दा बढी लाभान्वित हुने केराबारी गाउपालिका वडा नंं ६ कालोपानीका वडाअध्यक्ष उपेन्द्र लुंगेली मगरले बताए । उनले भन–‘यहा निर्माण भएको सर्पदंश उपचार केन्द्रले पूर्वका सर्वसाधारणलाई अत्यन्तै सहज बनाएको छ ।’ निर्माणको लागि कालीशक्ति गणको जनश्रम, स्थानीयका जनश्रमसंगै विदेशमा गएका स्थानीयहरुले समेत आर्थिक सहयोग पु¥याइएको संयोजक श्रेष्ठले जानकारी दिए । अत्यन्तै जोखिम क्षेत्र भएकै कारण यसलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गरिएको केराबारी गाउपालिकाका प्राविधिक टीका राई बताउछन् । उनले यस ठाउमा सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र निर्माण भएको भन्दै सर्पको टोकाइबाट उपचार नपाई अकालमा मृत्युवरण गर्नुनपर्ने अवस्था अब नआउने बताए । उनले भने–‘सर्पको टोकाइबाट अब उपचार नपाई अब मर्नु पर्दैन, गाउँमै उपचार हुन्छ ।’
यो क्षेत्रमा गोमन, करेट, धामन लगायतका विषालु सर्प बर्खा लागेसंगै यत्रतत्र देख्न पाइने स्थानीयका भनाई छ । बर्षेनी सरदर ५ जनालाई सर्पले टोक्ने गरेको उनीहरुको भनाई छ । निर्माण सम्पन्न भएपछि सर्पका डसाईबाट अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था कम भएर जाने अपेक्षा सर्वसाधारणले गरेका छन् ।
