धरान÷चौथो संस्करण अन्तर्गत काठमाण्डौको जमलस्थित राष्ट्रिय नाच घरमा मंसिर ११ गते भएको मिस ग्राण्ड नेपाल २०२१ को ताज सिराहा गोलबजारकी अनाथ तराई मुलुकी निशु साहले जित्न सफल भएकी छन् ।
चलचित्रकर्मी एवम् पर्यटन व्यवसायी धरानका सत्रुघन अन्सारी र राम केसी म्यानेजिङ डाइरेक्टर रहेको आरके इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न मिसग्राण्ड नेपाल २०२१ मा देशका विभिन्न स्थानका २८जना सुन्दरीहरु प्रतिष्पर्र्धी रहेका थिए । अन्तिम छनौटमा ६ जना सुन्दरीहरु निशु साह, झापाकी बबिता आचार्य, पोखराकी प्रमिला विक, हेटौडाकी मनिषा चिनाल, काठमाण्डौकी सुजिना श्रेष्ठ, काभ्रेकी सोनाली सापकोटाले ताजको उपाधिसहित नगद एकलाख पुरस्कार पाएका थिए । साहले मिस ग्राण्ड नेपाल २०२१ सहित फेस अफ व्युटी, आचार्यले मिस स्कुवा इन्टरनेशनल २०२१, विकले मिस मल्टिनेशनल, चिनालले मिस ल्याण्स्कोप इन्टर नेशनल, श्रेष्ठले मिस टुरिजम इन्टर नेशनल र सापकोटले स्कुवा इन्टर नेशनल २०२० को ताज जितेकी थिइन् ।

आरके इन्टरटेनेमेन्टका म्यानेजिङ डाइरेक्टर सत्रुघन अन्सारीले दिएको जानकारी अुनसार मिस ग्राण्ड नेपालका ६ जना इन्टरनेशनल व्युटी प्रिजेन्ट्समा नेपालको झण्डासहित सहभागी हुनेछन् । इन्टरनेशनल व्युटी प्रिजेन्टस्, सिंगापुर, मलेसिया वा श्रीलंकामध्ये एकमा हुने र कहाँ हुने चाडै टुंगो लाग्ने अन्सारीले बताउनुभयो । उक्त कार्यक्रममा नेपाल सहित विश्वका अन्य २० राष्ट्रका व्युटिसियनहरुको सहभागिता रहने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार सन् २०२२ मा पूर्वाञ्चलको धरानमा पहिलो पटक आयोजना हुने पनि डाइरेक्टर अन्सारीले बताउनुभयो ।
