इटहरी÷नेकपा एमालेका महासचिव ईश्वर पोखे्रलले वर्तमान सरकार अपराधीहरुको गठबन्धन भएको आरोप लगाउनु भएको आरोप लगाएका छन् ।
आइतबार मोरङको विराटचौकमा आयोजित एमाले अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

संवोधनका क्रममा उनले अधिकांश समय माधव नेपाललाइ गाली गर्नमै खर्चिएका थिए । उनले एमालेबाट निर्वाचित हुने अनि संसदमा काँग्रेसलाई मतदान गर्ने अपराधीलाई इतिहासले माफ नगर्ने समेत बताए । उनले भने विगतमा दल विभाजनका लागि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ४० प्रतिशतको प्रावधान राखेर अध्यादेश ल्याउँदा दल विभाजनको प्रावधान राखिनु हुँदैन भनेर कोकोहोलो मच्चाउनेहरुले २० प्रतिशतको प्रावधान राखेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा कुन नैतिकताले काम गरको हो भन्ने प्रश्न गरेका थिए ।
उनले बारम्बार भने यो सरकार अपराधीहरुको गठबन्धन नै हो । विदेशीका सामू घुँडा टेक्ने, आफनै आकाशमाथि विदेशीले विमान उडाउँदा मौन बस्ने, तुइन काण्डमा चुइँक्क नबोल्ने अपराधीहरुको सरकार नभएर के हो त ? उनले एमसीसीका सम्बन्धमा भने फरक धारणा राखेका थिए । एमसिसी देशका निम्ति अनुकूल भए त्यसलाई एमालेले स्वीकार गर्छ । विगतको प्रसंग कोट्याउदै उनले भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी सम्झौता संसदमा पेश गर्न आग्रह गर्दा उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताप्रति आँच आउने भन्दै अस्विकार गरेका थिए । आज तिनै सभामुखले कुन नैतिकताका आधारमा पेश गर्छन् ? सो अवसरमा पूर्वमन्त्री भानुभक्त ढकाल, लालबाबु पण्डित, प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पनि अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।
