एजेन्सी (नयाँ दिल्ली)÷अफगानस्तान (Afghanistan) मा तालिवान (Taliban) ले पंजशीर घाटी (एबलवकजष्च ख्बििभथ)मा आफनो कब्जा जमाएको छ । तालिवानीले त्यस ठाउँमा आफनो झण्डा फहराएको छ तालिवानी आफैले पनि दाबा गरेको छ कि पंजशीरमा आफूहरुले पूर्ण रुपमा जित हाँसिल गरेका छौं ।
NRF ले तालिवानी दाबीको अस्विकार गरेको छ

एकातिर तालिवानले पंजशीर कब्जा गरेको दाबी गर्दै गर्दा केही स्थानमा झण्डा गाँडेको दाबी गरेपनि अफगानस्थानका उपराष्ट्रपति अमरुल्लाह सालेहका निकटको सञ्चार माध्यमले तालिवानको दाबीलाई झुठो भनेको छ ।तालिवानले अफगानस्थानको काबुल कब्जा गरे पछि उपराष्ट्रपति सलेह पंजशीरमा गएर बसेका छन् । सञ्चारमाध्यमका अनुसार रेजिस्टेन्स फोर्सले पंजशीरको पहाडी इलाकाहरुमा पहरा दिइरहेको छ, उनीहरुले पंजशीरको रक्षा गरिरहेका छन् । यता तालिवानले अर्को पनि दाबी गरको छ कि पजशीरमा तालिवानले हवाई आमणसमेत गरिरहेको छ ।
NRF का चीफ कमान्डरको मृत्यु
अफगानस्थानमा तालिवानीहरुले दाबा गरेका छन् कि रेजिस्टेन्स फोर्स (नार्दन एलाइन्स) का चिफ कमाण्डर सालेह मोहम्मदलाई मारिएको छ । तर यो कुराको पुष्टि भने हुन सकेको छैन । तालिवनीहरुले अफवाह फैलाएर नार्दन एलाइन्सलाई कमजोर बनाउन खोजेको, उनीहरुको मनोवल घटाउन खोजेको बताइएको छ । तालिवानका प्रवक्ता हवी हुल्लाह मुजाहिदले भनेका छन अब हामीले अफगानस्थानको पंजशीर प्रान्त पूर्ण रुपले जितेका छौं । पंजशीरलाई छोडेर तालिवनले पूरै अफगास्तानमा तालिवानले आफने कब्जामा लिएको छ । तालिवानीहरुले यसै हप्ता अफगानस्थानमा सरकार बनाउने दावा पनि गरेका छन् ।
UN लाई अमरुल्लाह सालेहले पत्र लेखे
संयुक्त राष्ट्रसंघ (UN ) लाई अफगानस्थानका उपराष्ट्रपति अमरुल्लाह सालेहले एउटा चिठ्ठी पठाएका छन् । पत्रमा भनिएको छ तालिवानले पंजशीर उपत्यकामा दैनिक उपभोग्य समान, औषधि आउन पूर्ण रुपले बन्द गराई दिएका छन् । जसका कारण पंजशीर उपत्यकामा मानवीय संकट उत्पन्न भएको छ । पत्रमा भनिएको छ यदि सयुक्त राष्ट्रसघले यस कुरामा गम्भीर भएर सोचेन भने पंजशीरमा मनिसको जविन संकटमा पर्ने छ ।
