धरान÷औषधि व्यवसायी संघ इकाई कमिटी धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई गुण र दोषको आधारमा कार्वाही गरी अविलम्ब ७६ दिनदेखि लागेको तालाबन्दी र संयुक्त संघर्ष समितिद्वारा जारी सुद्धीकरण अभियान टुंगोमा पु¥याउन आग्रह गरेको छ ।

इकाई कमिटीका अध्यक्ष मचेन लिम्बुद्वारा सोमबार जारी विज्ञप्तीमा प्रतिष्ठानका सम्पूर्ण सेवा सुविधाहरु प्रभावकारी र नियमित सञ्चालन हुनुपर्ने कुरामा जोड दिएको छ । उनले विज्ञप्तीमा भनेका छन्, ठूला मेशिन उपकरणहरु नियमित सञ्चालन हुने व्यवस्था मिलाउन सम्पूर्ण विकृति विसंगतिको अन्त्य भई प्रतिष्ठान स्वच्छ र सफा हुनुपर्ने कुरामा जोड दिएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ सरकारको आधिकारिक र सम्बन्धित निकायबाट प्रतिष्ठानमा आई आन्दोलनकारीले उठान गरेको माग र आरोपका विषयमा आवश्यक कागजात, प्रमाणसमेत लगिसकेको अवस्था र कानूनी प्रक्रिया पूरा गरेर गुण र दोषको आधारमा दोषीहरुलाई कार्वाहीको सिफारिस गरी विषय वस्तुलाई निचोड र निक्र्यौलमा पु¥याउन आवश्यक कार्वाही अगाडि बढिसकेकोले तालाबन्दीले विश्वव्यापी कोरोना भाइरसको महामारीले थलिएको व्यवसायमा थप नकरात्मक असर पर्नुका साथै आन्दोलनले अस्पताल नै बन्द भन्ने नकरात्मक सूचनाहरु जनमानसमा फैलिन गएकोले समग्र धरानका व्यवसायमा प्रभाव पर्न गएको जनाएको छ । विज्ञप्तीमा आफ्ना मागहरुलाई गम्भीरतापूर्वक लिई तालाबन्दी खोल्ने व्यवस्थाका लागि स्थानीय निकायलाई अनुरोध समेत गरेको छ ।
