बीपी प्रतिष्ठानलाई भारत सरकारद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

धरान÷कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भाद्र १० गते ९६० एमपिएल क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहकाबीच राजदूत क्वात्राले स्वास्थ्य मन्त्री श्रेष्ठलाई उक्त अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएको मेडिकल अक्सिजन प्लान्ट
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ ।


उक्त असक्सिजन प्लान्टबाट प्रति व्यक्ति ५ एलपिएम (लिटर प्रतिमिनेट) को क्षमता रहेको छ । यसको कूल क्षमता ९६० एलपिएल रहेको र यसले एक साथ २०० जना विरामीलाई अक्सिजन उपलब्ध गराउन सक्छ । हस्तान्तरण समारोहमा बोल्दै नेपालका लागि भारतीय राजदूत क्वात्राले भारत र नेपालबीच गहिरो र वहुआयामिक साझेदारी बारे चर्चा गर्नुभएको थियो । राजदूत क्वात्राले अक्सिजन प्लान्टको हस्तान्तरण कोभिड १९ को महामारीको सामना गर्न भारतले नेपाललाई निरन्तर गर्दै आएको साथ र सहयोगको प्रतीकको रुपमा रहेको बताउनु भएको थियो ।
यस सम्बन्धमा भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ हस्तान्तरण समारोहमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उपहार स्वरुप प्रदान गरिएको अत्यावश्यक स्वास्थ्य पूर्वाधारको रुपमा रहेको अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोभिड १९ महामारी विरुद्धको लडाइँमा थप बल पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणका लागि दुई दशक अगाडि भारत सरकारले गरेको सहयोग कोशेढुंगा सावित भएको छ । आज हस्तान्तरण भएको अक्सिजन प्लान्ट स्वास्थ्यको क्षेत्रमा अर्को कोशेढुंगा भएको उल्लेख गर्दै सो सहयोगबाट प्रदेश नं १ र २ का जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । अक्सिजन कोभिड १९ का विरामीहरुको उपचारका लागि स्वास्थ्य सेवा केन्द्र र अस्पतालहरुमा नभई नहुने महत्वपूर्ण क्लिनिकल ग्याँस हो जुन कुरा नेपाल र
भारतमा महामारीको दोस्रो लहर देखा पर्दा अनुभव गरिरिएको हो । रक्षा अनुसन्धान एवम् निकास संगठन (डिआरडिओ) ले निर्माण गरेको यो म्भदभ िमेडिकल अक्सिजन प्लान्टको मद्धतबाट कम लागतमा अस्पतालले अब अस्पताल परिषरमै अक्सिन उत्पादन गर्न सक्ने छ । यो प्रविधि विकास गर्ने भारत संसारकै चौथो मुलुक हो । वायु मण्डलीय हावाबाट सिधै अक्सिजन उत्पादन गर्नका लागि यो प्रविधिले Pressur swing adsorption Technology को उपयोग गर्दछ । मेडिकल अक्सिजन प्लान्टको स्थापनाले अपर्याप्त अक्सिजन शिलिन्डरमाथिको अस्पताल निर्भरता र सिलिण्डरमा लाग्ने ढुवानी घटाउनुका साथै भरपर्दो तरिकाले चौबीसै घण्टा अक्सिजनको उपलब्धतालाई सहज बनाउने छ । विज्ञप्तीमा भनिएको छ गहिरो द्विपक्षीय सम्बन्ध अनुरुप सक्दो सहयोग गर्दैै महामारी विरुद्धको लडाइमा भारत सरकार र नेपाल र नेपाली जनतासँग सदैव साथमा रहनेछ ।

तपाईको प्रतिक्रिया