दैवी प्रकोप पीडितहरुका लागि भारत सरकारद्वारा ८ करोडको राहत सामाग्री प्रदान

धरान÷विगत एक महिना यताको अविरल बर्षाका कारण नेपालमा दर्जनौ जिल्लाहरुमा गएको बाढी, पहिरो प्रभावितहरुका लागि भारत सरकारले ८ करोड बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।
नेपालस्थित भारतीय राजदूतावासकी मिशन उपप्रमुख श्रीमति नामग्या खम्पाले ती सामाग्रीहरु नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र National organiing Secretary प्राज्ञिक विद्यार्थी परिषद्का नारायण दाहाललाई हस्तान्तरण गर्नुभएको थियो ।


आठ करोड मूल्य बराबरको ती सामाग्रहरु नेपालका १५ जिल्लाहरुका बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई वितरण गरिने भएको छ । राहत सामाग्रीहरुमा टेन्ट, प्लास्टिक सिट, स्लिपिङ्ग म्याट र औषधीहरु रहेका छन् । बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय निकायहरुको समन्वयमा नेपाल भारत महिला मैत्री समाज र र प्राज्ञिक विद्यार्थी परिषद मार्फत ती सामाग्रीहरु वितरण गरिने भएको छ । नेपालका चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लाका दैवी प्रकोप पीडितहरुलाई वितरण गरिने दूतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यहाँ स्मरणीय कुरा के छ भने भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया