ग्लोबल टीन हीरोका अन्तिम २० प्रतियोगीसंग अन्तरक्रिया

धरान÷भारतीय दूतावास र एम÷एस ग्लोबल प्राइभेट लिमिटेडले दूतावासका नियोग उपप्रमुख श्रीमति नमग्य खम्पा र दुतावासको सहयोगमा सञ्चालित ग्लोबल टीन हिरो कार्यक्रमका अन्तम २० जना प्रतियोगीबीच शुक्रबार भर्चुअल अन्तरक्रियाको आयोजना ग¥यो ।
नेपालका विभिन्न जिल्लाबाट आएका १४ देखि २० बर्ष उमेर समूहका अन्तिम २० प्रतियोगीहरुले उत्सुकता एवम् चासोका साथ नियोग उपप्रमुख खम्पासँग अन्तरक्रिया गरेका थिए ।


सहभागी २० जनामा सामाजिक उद्यमी, अभियन्ता, शिक्षक लगायत नविन सोच भएका व्यक्तिहरु थिए । प्रतियोगीहरुले आफ्ना व्यक्तिगत जीवन कथा र आफूले गरेका कामहरुको अनुभव एक आपसमा साटासाट गर्नुका साथै आफ्ना समुदाय, आफ्ना परिवार र आफू स्वयम्का लागि साँचेका भविष्यका आकांक्षाहरुबारे बताएका थिए । आ–आÏनो समुदायको विकासका लागि प्रत्येक प्रतियोगीले आफ््नै तवरबाट योगदान पु¥याएका छन् र सानै उमेरमा उनीहरुले देखाएको शाहस, उनीहरुले पु¥याएको योगदान र हाँसिल गरेका उपलब्धीहरुलाई कदर गर्ने हेतुले उनीहरुलाई प्रतिष्पर्धी (Glocal 20 under 20 नाम दिइएको ) को रुपमा छनौट गरिएको थियो ।
उक्त अन्तरक्रियामा बोल्दै नियोग उपप्रमुख खम्पाले कार्यक्रमको थालनीको महत्वबारे चर्चा गर्दै प्रतियोगीहरुले परिवर्तनको सम्वाहक बन्न देखाएको जोश र उत्साहको सह्राना गर्नुभएको थियो । प्रतियोगीहरु नेपाल र भारत–नेपाल सम्बन्धको भविष्य भएको बताउँदै खम्पाले उनीहरुलाई समुदाय, समाज र देशको रुपान्तरणतर्फ काम गर्न प्रेरित गर्नुभयो । उहाँले प्रतियोगीहरुलाई क्षेत्रीय सम्बन्ध विस्तरालाई जोड दिँदै नेपालको मात्र नभई सिँगो दक्षिण एसियाको भविष्य कोर्ने नेतृत्वदायी भूमिकामा खरो उत्रिन पनि अभिपेरित गर्नुभयो । कार्यक्रममा प्रश्नउत्तरमा उपस्थिति सहभागीहरुले कुटनीतिक, छिमेकी मुलुकमा देखिएका समस्या र चुनौतिमा भारतले देखाएको अग्रसता, पेशा छनौट र शीप ज्ञान हासिल गर्नुको महत्वसँग सम्बन्धित विषयमा विविध प्रश्न, जिज्ञासाको जवाफ दिइएको थियो ।

तपाईको प्रतिक्रिया