धरान÷नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत आगामी भाद्र १८ गतेदेखि हुने वडा, गाउँ, नगर, उपमहानगर, महानगर, क्षेत्र र जिल्ला नेतृत्वका आकांक्षीहरु यतिबेला दौडधूपमा लागेका छन् ।
सुनसरी जिल्लामा पनि आकांक्षीहरु स्थानीय नेतृत्वदेखि क्षेत्र, प्रदेश र जिल्ला नेतृत्वका लागि आफ्ना निकटका क्रियाशील सदस्यहरुको छलफल, भेला र अन्तरक्रियामा व्यस्त हुन थालेका छन् । परिमार्जित विधान अनुसार यसपटक वडा तहबाटै निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुले मात्र नेतृत्वको लागि उमेद्वारी दिने, मतदान गर्ने भएकोले यस भन्दा अगाडि नेतृत्वमा रहेका अधिकांश आकांक्षीहरु वडाबाटै पाँखा लाग्ने देखिएको छ ।
सुनसरी जिल्ला नेतृत्वका लाग यतिबेला दुई कार्यकाल जिल्ला सचिवको नेतृत्व विवादरहित ढंगले सम्हालीसक्नु भएका युवा नेता केदार भण्डारी, संघीय सांसद सीताराम मेहता र वर्तमान जिल्ला उपसभापति सञ्जय श्रेष्ठ आकांक्षी देखिनु भएको छ । सुनसरी जिल्लामा रहेका २८ हजार क्रियाशील सदस्यमध्येबाट २८०५ जना क्षेत्रीय प्रतिनिििधले जिल्ला नेतृत्वलाई मतदान गर्ने भएका छन् । क्षेत्रीय प्रतिनिधिहरुबाट नगर क्षेत्रका नेतृत्वहरुका लागि मतदान गर्ने संसोधित विधानमा उल्लेख गरिएको छ ।



यस भन्दा अगाडि जिल्ला नेतृत्वका लागि प्रदीप चाँैधरी समेत आकाक्ष्ांी देखिनु भए तापनि ससोधित विधानले उहाँलाई यसपटक उमेद्वार हुनबाट रोकेको छ । संसोधित विधान अनुसार अन्यपार्टीबाट समायोजन वा पार्टी प्रवेश गरेर आएकाहरुले १४ औं महाधिवेशन अन्तर्गतको वडा, गाउँ, नगर, क्षेत्र, प्रदेश र केन्दै्रमा उमेद्वारी दिन नपाउने भएका छन् । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको संघीय लोकतान्त्रिक फोरम नेपाल नेपाली काँग्रेसका समायोजन भएको थियो । तत्कालीन अवस्थामा प्रदीप चौधरी सोही पार्टीको जिल्ला सभापति रहनु भएको थियो । उता राष्ट्रिय प्रजातन्त्र पार्र्टीबाट नेपाली काँग्रेसमा पै्रवेश गर्नुभएका सह–महामन्त्री सुनिलबहादुर थापासँगै काँग्रेसमा प्रवेश गर्नेहरुले समेत यसपटक नेतृत्वमा दाबी गर्न नपाउने भएका छन् ।
कुन पदका लागि कस्ले कति शुल्क बुझाउने
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा वडादेखि नगर, गाउँ, क्षेत्र, प्रदेश, जिल्ला र केन्द्रीय पदाधिकारीका आकांक्षीहरुले नोमिनेशन गर्दा बुझाउनुपर्ने शुल्क निम्न बमोजिम रहेको छ ।
१ गाउँपालिका÷नगर पालिका वडा कार्यसमिति
(क) सभापति पदको निर्वाचनका लागि रु ५००।–
(ख) उपसभापति, सचिव र सहसचिका लागि रु ३००।–
(ग) सदस्य पदको निर्वाचनका लागि रु १००।–
२. गाउँपालिका कार्यसमिति
(क) सभापति पदको निर्वाचनका लागि रु २०००।–
(ख) उपसभापति, सचिव र सहसचिका लागि रु १०००।–
(ग) सदस्य पदको निर्वाचनका लागि रु ५००।–
३. नगरपालिका कार्यसमिति
क) सभापति पदको निर्वाचनका लागि रु ४०००।–
(ख) उपसभापति, सचिवका लागि रु ३०००।–
(ग) सह सचिव पदको निर्वाचनका लागि रु २०००।–
(घ) सदस्य पदको निर्वाचनका लागि रु १००० ।–
४. महानगर÷उपमहानगरपालिका कार्यसमिति
क) सभापति पदको निर्वाचनका लागि रु ५०००।–
(ख) उपसभापति, सचिवका लागि रु ३०००।–
(ग) सह सचिव पदको निर्वाचनका लागि रु २०००।–
(घ) सदस्य पदको निर्वाचनका लागि रु २००० ।–
५. प्रदेशसभा क्षेत्रीय कार्यसमिति
क) सभापति पदको निर्वाचनका लागि रु ५०००।–
(ख) उपसभापति, सचिवका लागि रु ३०००।–
(ग) सह सचिव पदको निर्वाचनका लागि रु २५००।–
(घ) सदस्य पदको निर्वाचनका लागि रु २००० ।–
६. प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति
क) सभापति पदको निर्वाचनका लागि रु ७०००।–
(ख) उपसभापति, सचिवका लागि रु ५०००।–
(ग) सह सचिव पदको निर्वाचनका लागि रु ४०००।–
(घ) सदस्य पदको निर्वाचनका लागि रु २००० ।–
७. जिल्ला कार्यसमिति
क) सभापति पदको निर्वाचनका लागि रु १००००।–
(ख) उपसभापति, सचिवका लागि रु ७०००।–
(ग) सह सचिव पदको निर्वाचनका लागि रु ६०००।–
(घ) सदस्य पदको निर्वाचनका लागि रु ३००० ।–
८. प्रदेश समिति
क) सभापति पदको निर्वाचनका लागि रु १५०००।–
(ख) उपसभापति, महामन्त्री, सह महामन्त्री पदकालागि रु ११०००।–
(ग) सदस्य पदको निर्वाचनका लागि रु ६००० ।–
९ केन्द्रीय कार्यसमिति
(क) सभापति पदको निर्वाचनका लागि रु ३०,०००।–
(ख) केन्द्रीय उपसभापतिर महामन्त्री पदका लागि रु २५०००।–
(ग) सहमहामन्त्री पदका लागि रु २००००।–
(घ) केन्द्रीय सद स्यका लागि रु १०,०००।–
(ङ) प्रदेश महाधिवेशन प्रतिनिधि पदका लागि रु ३०००।–
(च) केन्द्रीय महाधिवेन प्रतिनिधि पदका लागि रु ५०००।–
(छ) केन्द्रीय महासमिति सदस्य पदका लागि रु ७,०००।–
सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा क्षेत्रका लागि यसपटक ५६० जनाले मतदान गर्न पाउने भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ का लागि यसपटक पूर्ण सुवेदी, सुजेन्द्र तामाङ लगायतका आकांक्षीहरु देखिएका छन् । सुवेदी यसभन्दा अगाडि क्षेत्रीय उपसभापति भइसक्नु भएको छ भने तामाङ मनेनित जिल्ला सविच हुनुहुन्छ । प्रतिनिधिसभा क्षेत्र नं १ को निर्वाचन यसपटक रोचक देखिने एक सक्रिय कार्यकर्ताले बताए । उनले भने पार्टी अब परम्पारागत शैलीमा चल्न सक्दैन । जागिर खाने, केन्द्रीय नेतृत्वको चाकडी गर्ने, सँगै नेतासँग बसेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने र आफूलाई उपल्लो स्तरको काँग्रेस सम्झनेहरुलाई पाँखा लगाउनैपर्छ । पार्टीको कुनै काम नगर्ने, कार्यकर्तालाई अप्ठेरो परेको बेलामा साथ नदिने, आफ्नै कार्यकर्तासँग पनि आर्थिक बार्गेनिङ गर्ने नेतृत्व अब आवश्यक छैन उनले भने । यसै सम्बन्धमा प्रतिनिधिसभा क्षेत्र नं १ का क्षेत्रीय सभापतिका प्रत्याशी पूर्ण सुवेदीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो मेरो उमेद्वारी पार्टीभित्र सुद्धीकरणका लागि हो । आगामी स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनमा समेत काँग्रेसका उमेद्वारलाई जिताउने वातावरण बनाउन संगठन मजबुत, कार्यकर्ताहरुलाई आत्मबल बढाउने, प्रशिक्षण दिने, उनीहरुलाई अप्ठेरो परेको बेलामा हर सम्भव सहयोग गर्ने नै आफ्नो प्रमुख उद्देश्य रहेको र यसैका लागि आफूले उमेद्वारी दिन लागेको सुवेदीले बताउनुभयो । यसै सम्बन्धमा अर्का प्रत्यासी सुजेन्द्र तामाङसँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन ।
यसपटक प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत ५६२ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् । उता प्रतिनिधिसभा क्षेत्र नं. २ बाट प्रभावशाली युवा नेता मणिराम श्रेष्ठ लगायतले उमेद्वारी दिने हुनुभएको छ । क्षेत्र न.ं २ मा ८४० जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने भएका छन् । क्षेत्र नं. २ को इटहरी उपमहानगरपालिकामा यसपटक तीन जना युवा नेताहरु प्रतिष्पर्धी बन्ने देखिएको छ ।
जसमा यस भन्दा अगाडि इटहरी उपमहाननगर समितिको नेतृत्व गरिसक्नु भएका प्रभावशाली युवा नेता हेमकर्ण पौड्याल, नेपाल विद्यार्थी संघको पूर्वाञ्चल उपाध्यक्ष रहिसक्नु भएका विकास केसी र अर्का युवा नेता प्रकाश बस्नेत रहनु भएको छ । उहाँहरुबीच तिब्र प्रतिष्पर्धा हुने इटहरीका सक्रिय सदस्यहरु बताउँछन् ।
यता धरानमा प्रदेश क्षेत्र अन्तर्गत प्रदेशसभा क्षेत्र न. १ मा धनबहादुर कटुवाल चर्चामा रहनु भएको छ । उहाँसँगै अन्य केही प्रतिष्पर्धी देखिए पनि कार्यकर्ताहरुको रोजाइमा हाल प्रदेशसभा क्षेत्र नं १ को संयोजकसमेत रहनु भएका धनबहादुर कटुवाल निर्वाचित हुने क्रियाशील सदस्यहरु बताउँछन् । यसैगरी प्रदेशसभा क्षेत्र नं. १ ख मा नेपाली काँग्रेसका युवा नेता एवम् जिल कार्यसमितिका सदस्य समेत रहनु भएका राजदिप लामा अगाडि देखिनु भएको छ । यद्यपि उक्त क्षेत्रको अर्का प्रतिष्पर्धीमा हाल सो क्षेत्रको संयोजक समेत रहेका, क्षेत्रीय सचिव मुरारी भट्टराई समेत रहेका छन् ।
सुनसरी क्षेत्र नं १ को धरान उपमहानगर समितिको सभापतिको निर्वाचनमा यतिबेला जिल्लामा चर्चाको विषय बन्ने गरेको जिल्ला सचिव केदार भण्डारीले बताउनुभयो । नगर सभपातिका लागि पूर्व नगर सभापति, एन्फा एकाडेमीका संस्थापक, अखिल नेपाल फुटबल संघका मानार्थ उपाध्यक्ष एवम् युवा नेता किशोर राइले उमेद्वारी घोषणा गर्नुभएपछि नेपाली काँग्रेस धरान उपमहानगर समितिको निर्वाचनले चर्चा पाएको हो । यहाँका अन्य प्रतिष्पर्धीहरुमा श्याम पोख्रेल, अजय राईको उमेद्वारीको चर्चा समेत रहेको छ ।
