चिस्यान केन्द्रको प्रयोग कृषकले गरेनन्

धरान÷ धरानस्थित कृषि उपज बजारमा कृषक तथा व्यापारीका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सुविधासम्पन्न चिस्यान केन्द्र स्थापना गरिदिएको छ । तर चिस्यान केन्द्रको उपयोग व्यापारीहरुले भरपुर रुपमा गरेका छन् भने कृषकहरुल भने अझै प्रयोग गर्न नसकेको कृषि उपज बजारले जनाएको छ ।
यो कोल्डरुम प्रदेश १ सरकारको ५० लाख सहयोग र कृषि बजारको २५ लाख लागत साझेदारीमा निर्माण भएको हो । कृषक तथा व्यापारीको प्रयोजनका लागि २ सय मेटिूक टन क्षमताको दुई वटा कोल्डरुम निर्माण गरिएको छ तर यसमा व्यापारीहरुले भने भरपुर प्रयोग गरिरहेका छ् भने कृषकहरुलाई भने अझै जनचेतनाको कमीका कारण कृषकले उत्पादन गरेको सागसब्जी, फलफूल र वीउविजन कमैले मात्र राख्ने गरेको कृषि बजारले जनाएको छ ।


कृषि उपज बजारका व्यवस्थापन लक्ष्मण भट्टराईले व्यापारीहरुले फलफूलदेखि सागसब्जी लगायतका सब्जीजन्य समाग्री कोल्ड रुपमा रख्ने गरे पनि कृषकहरुले भने नगन्य रुपमा मात्र राख्ने गरेको बताउनुभयो । उहाले व्यापारी व्यवसायीलाई केही शुल्क लिएर उनीहरुको कृषि जन्य सामाग्री राखिदिएको भएपनि कृषकलाई निःशुल्क राखिदिने गरिएको छ । तर पनि उनीहरुलाई चिस्यान केन्द्रको उपयोगिताका विषयमा ज्ञान भएकै कारण नराखेको हुन सक्ने उहाले बताउनुभयो । यस विषयमा कृषकहरुलाई राखे जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकताको महसुस भएको बताउनुभयो ।
नेपालमा सरकार मातहतको सरकारीस्तरका कालीमाटीसहित ११ कृषि बजार रहेका छन् । सरकारी स्तरमा बनेका कृषि बजारमध्ये धरानमा पहिलो पटक कोल्डसेन्टर निर्माण भएको हो । व्यापारी तथा कृषकलाई लक्षित गरी निर्माण गरिएको हो ।
पौष महिनादेखि सञ्चालनमा आएको कोल्ड रुम निर्माण भए व्यापारीहरुले भने भरपुर प्रयोग गर्ने गरेका छन् । कोल्डरुमका कारण वेसिजनको फलफूल पनि लामो समय राखेर विक्री गर्न सकिएको उनीहरु बताउछन् । उनीहरुले कोल्डरुम सञ्चालन आएपछि आफूहरुले खरिद गरेर ल्याएको सामाग्री विग्रिने डरबाट मुक्त भएकोले विगतको जस्तो फलफूल कुहिएर फाल्नुपर्ने अवस्था नआएको उनीहरु बताउछन् । कोल्डसेन्टरको क्षमता अझै बढाउनुपर्ने उनीहरु बताउछन् ।
प्रदेश सरकार र स्थानीय सरकारको सहयोगकै कारण धरानको कृषि उपज बजार सातौ पटकसम्म उत्कृष्ट बजार भएको छ । कृषक र व्यापारीकै सुविधाका लागि सञ्चालन भएको कृषि बजारमा अझै धेरै सेवा सुविधा सम्पन्न बनाउदै लगिने धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो ।
कृषक तथा व्यापारीका लागि यो बजारले सेवा सुविधा थपिदै जादा व्यापारीको तुलनामा कृषकहरुले यहाको सेवा सुविधा गर्नेगरेका छ्रैनन् । व्यापारी भन्दा पनि कृषकलाई लक्षित गरी कृषकले उत्पादन गरेका कृषि सामाग्री सहज रुपमा विक्री वितरण गर्ने स्थलको रुपमा यो बजार सञ्चालनमा आएको हो । पूर्वी पहाडी जिल्ला, सुनसरी तथा मोरङका कृषकलाई सहज होस् भन्ने उद्देश्यले सञ्चालन आएको यो बजारको सुविधा उपयोगमा कृषकले गर्न नसक्नु उनीहरुमा जनचेतनाकै कमी हुन सक्छ । अब कृषि बजारले कृषकले पनि बढी भन्दा बढी सेवा सुविधा प्रदान गर्न जनचेतनाको पनि उत्तिकै आवश्यक छ ।

 

तपाईको प्रतिक्रिया