धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुका छोराछोरीका लागि उपलब्ध गराउदै स्नातक तहका विभिन्न विद्यामा आरक्षित कोटा कतौति गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले आपत्ति जनाएको छ ।

समाजले आइतबार एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषदको निर्णय बमोजिम चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षा लिने भएपछि त्यसप्रति आपत्ति जनाएको हो ।
समाजले जारी गरेको विज्ञप्तीमा भनिएको छ हामी शिक्षक, कर्मचारीहरुका निमित एउटा विशिष्ट परिस्थितिमा
धरानजस्तो ठाउँमा बसेर अनेक दुःखकष्ट झेलेर पनि सेवा गर्न प्रोत्साहन गर्नमा आफना छोराछोरीले पाउने या कोटाको निक्कै ठूलो भूमिका छ । अप्रत्याशित रुपमा आएको उक्त निर्णयले यही सुविधाको निम्ति बर्षौदेखि यहाँ सेवा दिँदै आएका हामी सबैमाथि घोर अन्याय भएको छ । विज्ञप्तीमा भनिएको छ उक्त अप्रत्यासित रुपमा आएका निर्णय खारेज गरी यही शैक्षिक सत्रदेखि नै पूर्ववतः कार्यरत शिक्षक, कर्मचरीका निम्ति छुट्याइएको कोटाहरुको व्यवस्था अविलम्ब गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा चिकित्सा शिक्षा आयोग समक्ष माग गर्दछौं ।
समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र महासचिव डा. आरती शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ यदि हाम्रा मागहरु सम्बोधन नभए बाध्य भएर आन्दोलनमा जानु बाहेक अर्को विकल्प रहँदैन ।
