धरान÷कोरोना सक्रमणका कारण धरानमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पछिल्लो समय धरानमा कोरोना संक्रमण दर उच्च भएसँगै मृत्युदर समेत अनपेक्षित रुपमा बढेको छ । धरान उपमहानगरपालिका वडा नं. १३ धनकुटे मार्गका ३२ बर्षीय युवा हड्सन राईको सोमबार विहान कोरोना सक्रमणबाट मृत्यु भएको छ । यस भन्दा अगडि साउन ६ गते हड्सनकी ममतामयी आमा कृष्णकला राई र साउन १३ गते पिता हस्तबहादुर राईको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।
यस भन्दा अगाडि धरानकी समाजसेवी धरान–८ निवासी तारा शाक्य र उनकी बुहारीको कोरोनाकै कारण निधन भएको थियो । धरान उपमहानगरपालिका स्वाथ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार कोरोना संक्रमणको रेसियो यतिबेला अपत्यारिलो ढंगले बढेकोले हरेक सर्वसाधारणले आफै स्वास्थ्यको मापदण्डको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
