नयाँदिल्ली (एजेन्सी)÷भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद (UNSC ) को बैठकको अध्यक्षता गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गर्न पाउनु भारतका लागि ऐतिहासिक अवसर हो । इतिहासमै पहिलो पटक भारतका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गर्नुभएको हो ।
यसका अतिरिक्त पहिलो पटकको अध्यक्षतामा यस्तो विषयमा चर्चा भइरहेको छ कि सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुका बीचमा महत्वपूर्ण विषयमा यसअघि नभएको कुरा यसपटक उठान भएको छ । बैठक भर्चुअलढंगले भएको थियो । वैठकमा उठाइएका सवाललाई लिएर भारतका सम्पूर्ण सामाजिक सञ्जालदेखि मिडिया हाउसहरुले खुलेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय नागरिकहरुले पनि भारतको छविलाई संसारभरि परिचित गराएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले त के सम्म लेखेका छन् भने सर, यो भारतका लागि गर्वको क्षण हो । पहिलो पटक भारतीय प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता गरिरहनु भएको छ । साथै पहिलो पटक समुद्री सुरक्षामा यस सरकारले उच्चस्तरीय खुल्ला बहसमा विशेष एजेन्डा प्रस्तुत गरी चर्चा गरिएको हो । यसका अतिरिक्त अर्का एक प्रयोगकर्ताले लेखेका छन् भारतका लागि यो एकदमै महत्वपूर्ण अवसर हो । उनले भनेका छन् मलाई विश्वास छ UNSC मा स्थायी सिट मिल्न सक्थ्यो तर त्यो सिर्फ एक राजनीति नारा थियो ।
सुरक्षा परिषदको अधयक्षता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच वटा सिद्धान्त सुनाउनु भएको थियो । जसमा पहिलो सिद्धान्त थियो हामीले Legitimate Maritime Trade हँटाउनुपर्छ । हामी सबैको समृद्धि Murtime Trade को सक्रियतापूर्वक पछ्याउनुमा निर्भर छ । यसमा शैन्य अड्चन पूरै वैश्रिक अर्थव्यवस्थाका लागि चुनौति हुन सक्छ ।
दोस्रोमा हामीले प्राकृतिक विपत्ति र Non-State Actors द्वारा निम्त्याइएका Maritime Threats लाई मिलेर सामाना गर्नुपर्छ । यस विषयमा क्षेत्रीय सहयोग विस्तार गर्न भारतले कैयौ कदम उठाएको छ । चौथो हामीले Maritime environment / Maritime Resources को संचिती गर्नुपर्छ । जस्तै हामी जान्दछौ Oceans मा Climate मा सिधा Impact हुन्छ यसैले हामीले Maritime environment लाइ Plastics / Oil Spills जस्ता प्रदूषणबाट मुक्त राख्नुपर्छ । यसैगरी हामीले Responsible Maritime Connectivity लाई प्रोत्साहन गर्नुपर्छ । यसले Infrastructure Projects लाई Development को अवस्थालाइ Sustainability / Absorption capacity लाई ध्यानमा राख्नुपर्छ ।
