बराहक्षेत्र÷पछिल्लो समय बराहक्षेत्रका युवाहरु पनि सामाजिक क्षेत्रमा सक्रिय बन्न थालेका छन् ।
बराहक्षेत्रका युवाहरुले ‘नयाँ पिँढी’ नामक संस्था नै गठन गरेर सामाजिक कार्यमा सक्रिय बन्न थालेका हुन् ।

नयाँ पिँढीका युवाहरुले पछिल्लो समय नगरपालिका स्थित २ विद्यालय र एउटा क्याम्पसको परिषदमा वृक्षरोपण गरेका छन् । शनिबारका वराहक्षेत्र – ८ स्थिति कोशी माध्यमिक विधालय, वराहक्षेत्र – ६ स्थित महेन्द्र माध्यमिक विद्यालय र वराहक्षेत्र –७ मा रहेको सप्तकोसी वहुमुखी क्याम्पसको परिषरमा वृक्षरोपण गरेको नयाँ पिढीका अध्यक्ष शिशिर तामाङ्गले बताए ।
वृक्षरोपण कार्यक्रममा संस्थाका सदस्य तथा संस्था भन्दा बाहिर रहेका स्थानीय व्यक्ति, विद्यालयका प्रधानध्यापक, शिक्षक, विधालय व्यवस्थापन समिति सदस्यहरुको समेत उपस्थित रहेको थियो ।
नव गढित संस्था नया पिढीले सुरुवाति कार्यक्रमको रुपमा वृक्षारोपन कार्यक्रम गरेको अध्यक्ष तामाङले बताए । सामाजिक कार्यक्रम प्रत्येक महिनामा गर्ने योजना रहेको र युवा लक्षित कार्यक्रम, पिडित वर्गलाई सहयोग, पढाइ बाट बञ्चित रहेका बालबालिकालाई सहयोग गर्नेे, युवाहरुको बौद्धिक विकास हुने खालका कार्यक्रमलाई अगाडि सार्ने संस्थाका अध्यक्ष गर्ने तामाङले बताए ।
