सुवास राईको स्मृतिमा श्रद्धाञ्जली सभा

धरान ÷खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका स्व. सुवास राईप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
धरान उपमहानगरपालिकाले कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक स्वर्गीय सुबास राईको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।
सोमबार उपमहानगरकै प्रांगरणमा शोकसभाको आयोजना गर्दै मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख एवं निमित्त कार्यकारी अधिकृत रत्न कट्वाल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र खेलकुदकर्मीहरुले स्वर्गीय राईको तस्विरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।


मेयर राईले कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक स्वर्गीय राईको असामयिक निधनले धरानलाई ठूलो क्षति पु¥याएको बताउनुभयो । शोकसभामा श्रद्धाञ्जली व्यक्त गर्दै मेयर राईले राजनीतिक, सामाजिक तथा खेलकुद विकासको श्रेत्रमा स्वर्गीय राईको अतुलनाीय योगदान रहेको बताउनुभयो । धरानको खेलकुद क्षेत्रमा स्वर्र्गीय
राईको अभाव खड्किरहने मेयर राईको भनाई थियो ।
शोकसभामा उपमेयर, राजनितिक दलका नेता, वडाध्यक्षहरु र खेलकुदकर्मीहरुले धरानमा स्वर्गीय राईले गरेको योगदानको बारेमा चर्चा गरेका थिए । वि.सं. २०२४ साल असार ८ गते मलेसियामा जन्मिएका राईको वि.सं. २०७८ साउन २२ गते निधन भएको हो । स्वर्गिय राई धरान १७ नम्बर वडामा २०४९ र २०५४ सालमा वडाअध्यक्षमा निवार्चित भएका थिए भने गोधुली क्लबका संस्थापक र धरान फुटबल क्लबका पुर्वअध्यक्ष पनि हुन् । उहाँ धरान उपमहानगरपालिकाको २०७४ सालको निर्वाचनबाट निर्वाचित कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक बनेका थिए ।

तपाईको प्रतिक्रिया