मन्दिरबाट सुनको मुकुट चोर्ने प्रक्राउ

सप्तरी (राजविराज)÷सप्तरी जिल्लाको छिन्नामस्ता गाउँपालिका वडा नं. ३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नामस्ता भगवतीको मन्दिरबाट मूर्तिको सुन, चाँदीको मुकट चोरी गर्नेलाई प्रहरीले प्रक्राउ गरेको छ ।
छिन्नामस्ता देवीको मूर्तिमा जडित सुन र चाँदी गरी ५०८ ग्राम आइतबार साझ ७ः ३० बजे चोरी गर्ने सप्तरी विष्णुपुरा गाउँपालिका वडा नं. ५ मझाउ बस्ने बर्ष २३ का राजेशकुमार मण्डललाई सप्तरी प्रहरीले पक्राउ गरी सोमबार अपरान्ह सार्वजनिक गरेको छ ।


छिन्नामस्ता भगवतीको मन्दिरबाट सुनचाँदी चोरिएपछि सप्तरी जिल्लाभरि होहल्ला भएको थियो । भगवतीको मूर्तिबाट वहुमूल्य चुनचाँदी चोरी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षकको टोली, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक समेतको टाली तत्काल घट्ना स्थल पुगी स्थानीयहरुसँग सोधपुछ गरेको थियो ।
अनुसन्धानका क्रममा सोमबार विहान विष्णुपुरा गाउँपालिका वडा नं. ५ बस्ने राजेशकुमार मण्डल सुत्ने कोठाको पूजा गर्ने स्थानबाट चोरी भएका मूर्तिका मुकुट फेला पारिएको थियो । जिल्ला
प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार हाल राजेशकुमार मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया