नेपाल जहिल्यै थापेर खाने हैसियतमै रहने भयो । दिएर खाने हैसियततमा कहिल्यै नपुग्ने भयो । आम नेपालीलाई आज सरम लाग्न थालेको छ । अत्यन्तै गरिबीको चपेटामा १० बर्र्ष अघिसम्म रहेको दक्षिण एयिाकै सबैभन्दा सानो, भुपरिवेष्ठित मुलुक भुटान आज नेपाल भन्दा सैयौ गुणा विकसित भएको छ ।

संवैधानिक राजसंस्था भएको भुटानले नेपाललाई कोरोना विरुद्धको तीनलाख खोप उपलब्ध गराउँदैछ । नेपालमा राजसंस्था छँदा भुटानाई आर्थिकसँगै खाद्यान्न लगायत सहयोग उपलब्ध गराउने गर्दथ्यो । तर झण्डै ३० बर्ष यता अर्थात नेपालमा प्रजातन्त्र, गणतन्त्र आएसँगै नेपाल ३० बर्ष अगाडिको भुटान भएको छ भने भुटान ३० बर्ष अगाडिको नेपाल भन्दा विकसित भएको छ ।
भुटानले आफ्ना सम्पूर्ण नागरिकहरुलाई कोरोना विरुद्धको तीनलाख डोज खोप लगाईसकेको छ । आफ्ना नागरिकहरुलाइ लगाइसकेपछि उभ्रिएको तीन लाख डोज अल्ट्राजेनको खोप उसले नेपाललाई सहायोग स्वरुप प्रदान गर्न लागेको हो । ७ लाख ८० हजार जनसंख्या भएको भुटानमा शतप्रतिशत नागरिक शिक्षित रहेका छन् । हाइड्रो, सिमेन्टजइन क्लिंकर, कृषि उत्पादन निर्यातमा भुटान अग्रस्थानमा छ । नेपालका सिमेन्ट उद्योगहरुले भुटानबाटै क्लिंनकर आयात गर्छन्, कृषिजन्य उत्पादनहरु आलु, फलफूल लगायतका सामान भुटानबाटै आयात हुँदै आएको छ । राज्यले आफ्ना सम्पूर्ण नागरिकका लागि आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानी लगायत निःशुल्क गरेको छ । भुटान आज युरोपिय मापदण्डमा पुगिसकेको छ तर नेपाल दिनप्रतिदिन रसातलमा भाँसिदै गएको छ ।
कोभिड विरुद्धको भ्याक्सिन खरिद गर्ने ल्याकतमा नेपाल छैन । अन्य देशहरुसँग सहयोगको याचना गरी पत्राचार गर्नु नेपाल सरकारको दिनचर्या नै भएको छ । थोरै थोरै परिमाणमा नेपालले खरिद गर्न खोज्दा पनि खोप उत्पादक राष्ट्रहरुले बिक्रीका लागि इच्छा व्यक्त गदैनन् । भुटानले नेपाललाई खोप उपलब्ध गराउने निर्णय गरेपछि कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक बसेको थियो । शुक्रबार बसेको उक्त बैठकले भुटानले सहयोग स्वरुप दिने खोप काठमाण्डौका जेष्ठ नागरिकलाई दिने निर्णय गरेको छ ।
नेपालीहरुकालागि पछिल्लो पटक यहाँका शासकहरु नै बाधक बन्दै गएका छन । खोप नागरिकको बाँच्न पाउने अधिकारसँग जोडिएको छ । राज्यले यहाँका हरेक नागरिकलाई खोपको व्यवस्था गर्नुपर्छ तर त्यो हुन सकेको छैन । केन्द्रले भट्टाए केन्द्रल नै खोप गायव पार्ने, प्रदेशले भेट्टाए प्रदेशले नै गायव पार्ने, स्थनीय निकायले भेटे स्थानीय निकायले नै गायव बनाउने पछिल्ला घट्नाक्रमले समेत पुष्टि गरेको छ । अझ पालिकाहरुले त कतिसम्म निच व्यवहार देखाएका छन भने प्राप्त भएको खोप लुकाउने अनि आफना निकटका राजनैतिक दलका कार्यकर्ता, तिनका परिवारलाई अरुले सुइँको नपाउने गरी घरघरमै गएर लगाइदिएका छन् । लुकाइएका खोपका काटुन होटल काउन्टरमासमेत फेला परेका छन् । यहाँ भन्दा घिनाग्दो मानसिकता अरु के हुन सक्छ ? मूल ठीक भए न भंगालो स्वच्छ हुन्छन् । त्यसैले भुटानले दिएको खोपको लक्षित वर्गमा सदुपयोग होला भनेर आशा गर्ने प्रसस्त ठाउँ छैन । नेपाललाई भुटानले खोप सहयोग दिएर नेपालका बेइमान नेतृत्वलाई सवक समेत सिकाएको छ ।
