एसिड प्रहार गरेर फरार रहेका एक युवक प्रक्राउ

धरान ÷ एसिड प्रहार गरी फरार रहेका एक युवक पक्राउ परेका छन् ।
सुनसरीको वराहक्षेत्र ३ हर्दियामा एसिड प्रहार गरी फरार रहेका युवालाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार साउन १२ गते वराहक्षेत्र ३ हर्दिया बस्ने ३० वर्षीय रोमन राजधामीले छिमेकी श्यामकुमारी धामीलाई एसिड छर्केर घाइते बनाएर फरार रहेका थिए ।


एसिड प्रहार गरेर फरार रहेका राजधामीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले महानगरीय प्रहरी वृत्त गौशाला काठमाण्डौँको सहयोगमा साउन १५ गते काठमाडौँ गौशाला एरियाबाट पक्राउ गरिएको हो ।
रोमन र श्रीमतिबीच सामान्य विवाद भएपछि श्रीमति छिमेकी श्याकुमारी धामीको घरमा शरण लिन पुगेकी थिइन । राजधामीले एसिड प्रहार गर्न खोज्दा छिमेकी श्यामकुमारीले छुट्याउने क्रममा एसिड प्रहारबाट छिमेकी वर्ष ४३ कि श्याम कुमारी धामीको टाउको तथा अनुहारको भागहरूमा प्रहार गरी सक्त घाइते भएकी थिइन् । उनीसँगै छिमेकी वर्ष २१ को सुमन राजधामी र वर्ष १९ को सुजन राजधामीले छुटाउनेक्रममा उनीहरूलाई समेत एसिडको छिटा लागी सामान्य घाइते भएका थिए । गम्भीर घाइते भएका श्याम कुमारी धामीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा
धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागी हाल म्याक्स अस्पताल विराटनगरमा उपचार भइरहेको छ । प्रक्राउ परेका राजधामीलाई कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया