सहकारी संस्था धमाधम मर्च हुदै
धरान÷ कोरोना सक्रमणका कारण पछिल्लो समय हरेक क्षेत्रको आर्थिक गतिविधि धरासायी बन्दै गएको छ । कोरोनाकै कारण धेरै व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
पछिल्लो समय कोरोनाको प्रभाव सहकारी सस्थामा समेत देखिएको छ ।

कोरोना संक्रमणका कारण आर्थिक गतिविधि कम हुने र नियमनकारीहरुले अनुगमन तथा निगरीलाई तिब्रता दिएसंगै प्रदेश नं. १ मा खेलिएका सहकारीहरु मर्च हुने क्रम धमाधम हुन थालेका
छन् ।कोरोना कहरका कारण आर्थिक गतिविधि कम हुदा सञ्चालन हुन गाह्रा्े एकातिर छ भने अर्कोतर्फ सहकारीले सहकारीको मर्म विपरित एक जना व्यक्ति धेरै शहकारी सस्थांहरुमा शेयर सदस्य वस्ने र कारोवार गर्ने एकै स्थानिय तहरुहरुमा धेरै शहकारीहरु सकृय भएपछि पछिल्लो समय सहकारी सस्थाहरुमा आर्थिक अपचलन तथा वचतकर्ताहरुको जम्म गरिएको रकम जोखिममा पर्दै आएको थियो ।
् त्यस्ता सहकारीहरुमथी निगरानी वढाउन थालेपछि पछिल्लो समय प्रदेश १ मा रहेको सहकारीहरुले सुधारको सुरुवात गर्दै कतिपयले सहकारीहरुविच एकीकरणको प्रक्रिया समेत सुरु गरिसकेको प्रदेश सहकारी रजिष्टार कार्यालय इटहरीका प्रमखु बलराम निरौलाले जानकारी दिनुभएको छ ।
प्रदेश नम्बर १ मा ४ हजार ७ सय ३७ वटा शहकारी सस्थांहरु रहेका छन् । जसम मध्ये १ सय ३३ वटा शहकारीहरुलाइ मर्च प्रत्रियामा लगेर ३३ वटामा झारेको रजिस्टार निरौलाले जानकारी दिनु भएको छ । यसरी सहकारी मर्जर हुदा अर्थिक पक्ष सवलसगंसगैं सेवा समेत प्रभावकारी हुने प्रमखु निरौलाको भनाइ रहेको छ ।
