भारत सरकारले प्रतिबद्धता गरेअनुरुप १५० आइसियु वेड आइतबार हस्तान्तरण

धरान÷छिमेकी पहिलो नीति अन्तर्गत भारत सरकारले नेपालसँग कोभिड १९ सहकार्यका लागि गरेको प्रतिबद्धता अनुरुप आइतबार १५० वटा आइसियु वेड नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपालस्थित भारतीय राजदूतावासले आइतबार एक विज्ञप्ती प्रकाशित गरी भारतले कोरोना भाइरस (कोभिड १९) नेपालसँग सहकार्यका लागि जनाएको प्रतिबद्धता अनुसार सामाग्री हन्तान्तरण गरिएको जनाएको हो ।


नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ती सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । राजदूत क्वात्राले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक विशेष समारोहकाबीच १५० वटा आइसियु वेड हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण समोहलाई संक्षिप्त सम्बोधन गर्दै राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रुपमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो ।
यसैगरी भारत सरकारले हस्तान्तरण गरेका १५०वटा आइसियु वेडहरु ग्रहण गर्दै नेपालका नवनियुक्त कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारत सरकारको उक्त कदमको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँले कोभिड १९ विरुद्धको लडाइमा नेपाललाई भारतले हस्तान्तरण गरिएका आइसियु वेडहरु एक महत्वपूर्ण कोशेढुंगा सावित भएको बताउदै यसले दुवै देशहरुले देखाएको अतुल्य सद्भावलाई दर्शाउँछ ।
भारत सरकारले गत बर्ष शुरु भएको कोरोना भाइरसका विरुद्धमा सहयोग पुगोस भन्ने हेतुले अत्यावश्यकीय औषधि, आरटी– पिसिआर टेष्ट, भेन्टिलेटरलगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएको छ । यो अवधिमा भारत सरकारले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ । गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप पाउने पहिलो मुलुकहरुमध्ये नेपाल पनि एक थियो । यसका अतिरिक्त भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गर्नुका साथै विआइपिएपी (BIPAP) मेसिन, ठूलो मात्रामा एन्टिेजन परीक्षणका सामाग्री, ठूलो परिणाममा पिपिई, मास्क, अत्यन्तै सुविधा सम्पन्न आधा दर्जन भन्दा बढी एम्बुलेन्स तथा आइसियु वेड लगायतका औषधी उपकरण प्रदान गरेको थियो । विगत लामो समयदेखि भारत र नेपालबीच स्वास्थ्य क्षेत्रमा बलियो सहकार्य रहँदै आएको छ । जसमा एम्बुलेन्सको वितरण, स्वास्थ्य क्षेत्रम नियमित प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम र अस्पताल ट्रमा तथा प्रसुति केन्द्र नेचुरोप्याथी सेन्टर, आँखा हेरचाह केन्द्र लगायतका स्वास्थ्य पूर्वाधारको विकास रहेका छन् ।

भारतका प्रधानमन्त्रीद्वारा शेरबहादुर देउवालाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका ४४ औं नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदबाट विश्वासको मत लिएसँगै
भारतीय प्रधानमन्त्री मोदीले ट्विट गर्दै बधाई दिनु भएको हो ।
ट्विटमा प्रधानमन्त्री मोदीले भन्नुभएको छ नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकाकलको शुभकामना । उहाँले सबै क्षेत्रमा हामीबीच अदित्तीय समझदारी छ । आगामी दिनमा यसलाई अझ दीगो र दब्रिलो बनाउन म तपाइसँगै मिलेर काम गर्न र जनता–जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन उत्सुक छु । यसैबीच सोमबार पुन ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवासँग टेलिफोनमा सौहार्दपूर्ण वार्ता गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोभिड विरुद्धको खोप उपलब्ध गराउने आश्वासन समेत दिनु भएको थियो । नेपाल सरकार पराराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार वार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउने कुरामा समेत छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया