धरान÷वर्तमान सरकारका अधिनायकवादी क्रियाकलापका विरुद्ध पाँच राजनैतिक दलसंग आवद्ध विद्यार्थी संगठनहरुले आज (बुधबार) बाट शसक्त आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्ग, अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुप नारायण श्रेष्ठ र अखिल छैठौका अध्यक्ष विमल पोखरेलले सोमबार संयुक्त विज्ञप्ती प्रकाशित गरी आन्दोलनको घोषणा गरेका हुन् ।
विज्ञप्तीमा उनीहरुले सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासन विरुद्ध तथा संसद पुनस्र्थापनाको माग गर्दै संयुक्त संघर्ष समिति गठन गरिएको प्रष्ट पारिएको छ । संघर्षका कार्यक्रमहरुमा आसर १६ गते ७७ वटै जिल्ला र १७ गते काठमाण्डौ उपत्यकामा प्रधानमन्त्रीको पुतला दहन गर्ने, प्रदर्शन गर्ने, सर्वाच्च अदालतले विधीको शासन र संसदको सरकार निर्माण गर्ने अधिकारलाई सुरक्षित गर्न संसद पुनस्र्थापना हुने विश्वास, शैक्षिक समस्याहरुको समस्या बारेमा असर १५ गते भित्र टियुका उपकुलपति र राष्ट्रिय परीक्षा बोड अध्यक्षलाई ज्ञानपपत्र बुझाउने, लकडाउन अवधिभरिको शुल्क राज्यले व्यहोर्नुपर्ने, कोभिड महामारीको विकल्प खोप भएकोले आम नागरिकलाई खोपको व्यवस्था गर्नुपर्ने, पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने लगायतका ८ बुँदे माग विद्यार्थी संगठनले अगाडि सारेका छन् ।
