पोखरीमा डुबेर मृत्यु

झापा÷झापाको अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार बेलुका पौने ६ बजे उनी घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबी बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय अनारमणी र १ नम्बर प्रदेश बिपत व्यवस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटिएर्रखोजतलास गर्ने क्रममा बिहान १० बजे माईकल सोरेनको मृत शव फेला पारेको हो । शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ ।

तपाईको प्रतिक्रिया