निष्कासित शिक्षकलाई हाजिर गराउन निर्देशन

विराटनगर÷धरान १५ स्थित के.के. इन्टरनेशनल विद्यालय (एन.प्याब्सनमा आवद्ध) मा अध्यापन गराइरहेका तीन शिक्षकलाई विना कारण निस्काशन
गरिएपछि श्रम तथा रोजगार कार्यालय विराटनगरले पूर्ववत रुपमा काममा हाजिर गराउन विद्यालयलाई चेतावनी दिएको छ ।
श्रम तथारोजगार कार्यलय
विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलले सोमबार विद्यालयलाई चेतावनीपूर्ण पत्र लेख्दै हाजिरी गराउन निर्देशन दिनु भएको हो ।
के.के इन्टर नृेशनल विालयमा अध्यापन गराइरहेका निलम चौधरी, पुनम गोविन्द लाखे र सुरज बराललाई जबरजस्ती, विना कारण हाजिर गर्नबाट बञ्चित गरिएको विषयलाई लिएर निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्याब्सु जिल्ला कार्य समिति
सुनसरीको पत्रद्वारा, इमेलमापर्लत दिएको लिखित उजुरी अनुसार हाजिर गर्न बञ्चित गरिएका शिक्षकलाई हाजिरी गराउन चेतावनी दिएको हो । चेतावनीयुक्त पत्रमा भनिएको छ आज विश्व महामारीका रुपमा फैलिइरहेको कोभिड १९ विरुद्ध एकातावद्ध भई एक अर्काको परिपुरक हुँदै लड्नुको साटो आफूमा पूर्ण रुपमा आश्रित शिक्षकहरुलाई बिना कारण हाजिर हुन नदिएको भन्ने न्याय संगत देखिदैन । पत्रमा भनिएको छ जुन मितिदेखि हाजिरी हुन नदिइएको हो, सोही मितिदेखि नै पुनः हाजिरी गराई सात दिनभित्रमा लिखित रुपमा श्रम कार्यालयलाई जानकारी गराउन भनिएको छ । अन्यथा त्यस विद्यालयको बैंक खाता रोक्का, चल अचल सम्पत्ति रोक्का, इजाजत पत्र निलम्बन लगायतको कार्वाही हुने चेतावनी दिएको छ ।
पत्रको बोधार्थ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय काठमाण्डौ, शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुर, शिक्षा विकास निर्देशनालय प्रदेश नं. १ धनकुटा, शिक्षा विकास तथा समन्वय इकाई सुनसरी, जिल्ला प्रशासन कार्यालय सुनसरी, धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरान, १५ नं. वडा समितिको कार्यालय र पीडित शिक्षकहरुलाई दिएको छ ।

तपाईको प्रतिक्रिया