ः कोरोना भाइरसका कारण गरिएको लकडानका कारण सुनसरीका कृषकहरु दोहोरो मारमा परेका छन् ।
बजारमा तरकारीको अभावले तरकारीको भाउ आकाशिएको छ भने कृषकहरुको भने बन्दका कारण उब्जाएको सब्जी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिन थालेको छ भने अर्कातर्फ कृषकले लगाएको मकैमा विगतको बर्ष झै फौजी प्रकोप बढेको छ ।
तरकारी खेसतकालागि उर्वर मानिने सुनसरीको दक्षिणवर्ती क्षेत्रका किसानहरुले वारीमा फलेको तरकारी लकडाउनका कारण वजारसम्म पु¥याउन नसक्दा बारीमै कुनि थालेको बताएका छन् ।
जिल्लाको लौकही,वषन्तपुर,घुस्की, ववियाका किसानहरुले लकडाउनका कारण बारीमा फलेको तरकारी तथा साग सव्जी खेतवारीमानै कुहिने अवस्थामा पुगेको बताएका छन् । व्यवसायी खेतीका लागि यो क्षेत्र पुर्वी नेपालमानै चर्चित रहेको छ । यहाू उब्जाइएका सागसव्जी इनरुवाको थोक वजार हुदै पुर्वी नेपाललगायत मुलुकको विभन्न स्थानमा निर्यात हुने गरेको छ ।
लकडाउनका कारण सहज रुपमा तरकारी बजार सम्म पु¥याउन नसक्दा वारीमा लटरम्ब फलेका बोंडी, लौका,भिन्डी, घिरौला , काँक्रो, करेला लगायतका विभिन्न किसिमका हरिया सागहरुका बालीहरु बारीमै कुशिन थालेको छ लौकहिका किसान मधु मण्डलले गुनासो गर्नु भएको छ ।
पछिल्लो समय सुनसरीमा निषेधाज्ञा कडा पारेपछि सहज रुपमा तरकारी समेत वजारमा लान सकिएको छैन । जसका कारण तरकारी बजारमै कुहिन थालेको सुनसरीका कृषक सत्यनाराण साह बताउनुहुन्छ । यस्तै विगतको बर्षजस्तै यस बर्षपनि कृषकले लगाएको मकैमा फौजी ककीराका प्रकोप बढेपछि कृषकहरु थप चिन्तित बनेका छन् । मकैमा विगतको बषजस्तै फौजी कीरा लाग्दा मेहनता मात्र खेर गएको कृषक सत्यनारायण साह बताउनुहुन्छ । ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराउका अनुसार जिल्लाको ४ हजार हेक्टर भुभागमा लगाइएको तरकारी जन्य उत्पादन विक्री नभई खेर गएका जनाएको छ भने भण्डै ८ हजार हेक्टरमा कृषकले लगाएको मकै खेतीमा फौजी कीराका प्रकोप बढेको छ ।
कृषकहरु दोहोरो मारमा पर्दा पनि कृषि प्रधान देश नेपालमा कृषकको समस्याको विषयमा सरकारी स्तरबाट केही गरेको देखिदैन । बजारमा सब्जीको भाउ आकासिएको समयमा सहज आपूर्तिको व्यवस्था र कृषकले लगाएको मकैमा लागेको फौजी कीरा नियन्त्रणका लागि प्राविधिक खटाएर समस्या समधान गर्ने तर्फ सरकार चुकेको छ ।
